१ भाद्र २०८३, सोमबार
,
Latest
दलको आन्तरिक मामिलामा अदालत प्रवेश गर्नु हुँदैनः सभापति थापा मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध रास्वपामा कुनै गुट छैनः सभापति लामिछाने स्कट कुगेलेइन सुदूरपश्चिम रोयल्समा पुनः अनुबन्ध पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश कानुन समयानुकूल परिमार्जन र प्रभावकारी कार्यान्वयन हुनुपर्छः सभामुख अर्याल मानव बेचबिखनसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन नाडाको स्वर्ण जयन्तीको अवसरमा १८ औं ‘नाडा अटो शो’ आयोजना हुने महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको दबाबमा एमसीसी पारित भएको होइनः प्रवक्ता महत



अ+ अ-

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौंता संसदबाट पारित गराउन अमेरिकाले दवाव नदिएको स्पष्ट पार्नुभएको छ । 

पूर्वपरराष्ट्रमन्त्री समेत रहनु भएका प्रवक्ता महतले एमसिसि सम्झौंता संसदबाट पारित गराउन सरकारलाई कुनै पनि प्रकारको दवाव नआएको बताउनुभएको हो । सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले अमेरिकी सरकारले सम्झौंताको छिनोफानो गरिदिन भने नेपाल सरकारलाई आग्रह गरेको बताउनु भयो । प्रवक्ता महतले एमसीसी सम्झौंताबारे आवश्यक निर्णय लिन नेपाल आफैं सक्षम रहेको दावी समेत गर्नु भयो । 

उहाँले नेपालको स्वार्थ र हित अनुकूल हुने कुनै पनि प्रकारको प्रस्ताव स्विकार गर्न नेपाल सरकार तयार रहेको पनि बताउनु भयो । प्रवक्ता महतले एमसीसी नेपालको हितमा रहेको उल्लेख गर्दै संसदबाट पारित हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘कसलाई दवाव परेको छ । उहाँहरुले जवाफ दिनुहोला । दवाव कसले महसुस गर्नु भयो । जहाँसम्म नेपाली काँग्रेस पार्टी र नेपाली काँग्रेस नेतृत्वको सरकारको प्रश्न छ । हामीले यसलाई दवावको रुपमा लिएका छैनौं । यसको छिनोफानो गर्दिनुस् भन्ने अमेरिकी सरकारको भनाई हो । र, हामीले छिनोफानो गर्नुपर्छ । हामी आफैं यो निर्णय गर्न सक्छौं । यो हामी कसैले दवाव दिएर हामीले निर्णय गर्नेरुपमा यसलाई लिएका छैनौं । र, दवाव पनिआएको छैन् यस सम्बन्धलाई लिएर ।’

प्रवक्ता महतले चीनसँग सम्झौता गरिएको विआरआई परियोजना विस्तृत अध्ययन गरेर अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । सो अवसरमा उहाँले चीन सरकारले प्रस्ताव गरेको सो परियोजना आफू परराष्ट्रमन्त्री हुँदा स्विकार गरेको स्मरण पनि गराउनु भयो । प्रवक्ता महतले भन्नुभयो, ‘कुनै पनि कुनै पनि सहमति कुनै पनि मित्र राष्ट्रहरुबाट वा बहुपक्षीय संस्थाहरुबाट हुने सहयोग हामी स्विकार गर्छौं । विआरआई सम्झौंता धेरै अध्ययनपछि, धेरै छलफलपछि धेरै परिमार्जन गरेर मैले नै सही गरेको हो । म आफैं विदेशमन्त्री हुँदा । त्यसो हुनाले त्यो सिद्धान्त र फ्रेमभित्र रहेर आउने विआरआई सहयोगलाई हामी सदैव वेलकम गर्छौ । अव कुन प्रोजक्ट लागू गर्नेभन्ने कुरा नेपालकै हो । बिआरआई पनि यसले दिने आर्थिक प्रतिफललगायतको विस्तृत अध्ययन गरेर अघि बढाउनेछौं ।’

प्रवक्ता महतले राष्ट्रको हितमा हुने कुनै पनि प्रकारको सम्झौंता स्विकार गरेर नेपाल सरकार अघि बढने पटकपटक दोहोर्याउनु भयो ।