एजेन्सी । जापानमा जारी टोकियो ओलम्पिक्समा भारतले पहिलो स्वर्ण पदक जितेको छ । नीरज चोपडाले भारतलाई ओलम्पिकमा ऐतिहासिक स्वर्ण पदक दिलाएका हुन् ।
ज्याब्लिन थ्रोमा चोपराले शनिबार भारतलाई स्वर्ण पदक दिलाएका हुन् ।
उनले ८७.५८ मिटर थ्रो गर्दै भारतलाई स्वर्ण दिलाए । उनले दिलाएको पदकसँगै टोक्यो ओलम्पिकमा भारतको पदक संख्या ७ पुगेको छ । यो भारतले जितेको अहिलेसम्मकै धेरै पदक हो । यसअघि भारतले २०१२ को लन्डन ओलम्पिकमा ६ पदक जितेको थियो ।
नीरज भारतलाई व्यक्तिगत स्पर्धामा ओलम्पिक स्वर्ण पदक दिलाउने दोश्रो भारतीय खेलाडी पनि बनेका छन् । यसअघि सुटिङ्का अभिनब बिन्द्राले स्वर्ण पदक दिलाएका थिए ।