१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

दलका घोषणापत्रमा खेलकुद, कसले कसरी समेटे ?

दलका घोषणापत्रमा खेलकुद, कसले कसरी समेटे ?
अ अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ । निर्वाचनमा भाग लिएका राजनीतिक दलहरु विभिन्न एजेण्डासहित मतदाताको घरदैलोमा पुगिरहेका छन् । निर्वाचनका कार्यक्रम यसअघि पनि थुप्रै पटक सम्पन्न भइसकेका छन् भलै घोषणा पत्रमा समावेश भएजस्तै कार्यान्वयनमा भने आउन सकेका छैनन् । आगामी निर्वाचनमा पनि राजनीतिक दलहरुले समावेश गरेका खेलकुदका एजेण्डाले सम्बोधन पाउन सक्लान त ?

प्रजातान्त्रिक अभ्यासको पाटो निर्वाचनमा देश सम्हाति हुँदै गर्दा खेलकुदलाई कसरी सम्बोधन गरिँदैछ भनेर खेलकुदसँग जोडिएका गतिविधिहरु अधिकारीहरुले मूल्यांकन गर्न थालेका छन् । खेल र खेलाडीको प्रदर्शनबाट पनि देशले विश्वमा परिचय पाउने गरेको उदाहरण थुप्रै छन् । खेलाडीले खेलबाट विश्वमा नाम कमाँउदा जोडिने विषय देश नै हो । सँगै देशको परिचय राजनीतिसँग जोडिँदै आएको छ । किनकी राजनीतिक कोर्षले खेलकुदलाई कति सम्बोधन गर्छ र कति प्राथमिकता राखेर अगाडि बढाउन हौसाला दिन्छ भन्ने सबैको चासो रहन्छ ।

प्रजातान्त्रिक अभ्यासको पाटो निर्वाचनमा देश लागिरहेका बेला खेलकुदलाई कसरी सम्बोधन गरिँदै छ भनेर मूल्यांकन हुन थालेको छ । दलहरुहले धमाधम घोषणा पत्रमा मतदाता समक्ष जाने एजेण्डा बनाइरहँदा खेलकुदका एजेण्डाले पनि स्थान पाएका छन् । सार्वजनिक गरिएका घोषणा पत्रमा देशलाई विकासतर्फ डो¥याउने, आर्थिक समुन्नती र सुशासनका नारा सबैले व्यक्त गरेका छन् । खेलकुद पनि अभिन्न पाटो भन्दै खेल क्षेत्रको विकास, खेलसँग सम्बन्धित भौतिक पूर्वाधार निमार्ण र खेलाडीको हीतको विषयमा पनि घोषणा पत्रमा बुँदा उल्लेख गरिएको छ ।

नेपाली काँग्रेस
सत्तारुढ प्रमुख दल नेपाली काँग्रेसले क्षेत्रगत प्राथमिकतामा समवेश गरेर कला, संस्कृति र खेलकुद विकासको एजेण्डालाई अगाडि सारेको छ । नेपालीको पहिचान, पहुँच, प्रतिनिधित्व, प्रगति र प्रतिष्ठामा नै नेपालको राष्ट्रिय गरिमा उच्च हुने सिद्धान्तसहित आगामी निर्वाचनमा होमिन लागेको काँग्रेसले खेल पूर्वाधार निमार्ण तथा उचित संवद्र्धन गर्ने प्रतिवद्धता अगाडि सारेको छ । व्यवस्थापकिय संरचनालाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम सुधार गरी खेलाडीहरुको भविष्य सुनिश्चित गर्दै खेल प्रशिक्षक, खेल पदाधिकारी, खेलकमी र खेल पत्रकाररितालाई प्राथमिता राख्ने उल्लेख गरेको छ ।

नेपाल कम्युनिष्ट पाटी (एमाले)
सुखी नेपाली समृद्ध नेपालको नारा अंगालेको नेपाल कम्युनिष्ट पाटी (एमाले) पनि खेलकुद क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारलाई नै जोड दिएको छ । एमालले युवाहरुको शारीरिक तथा मानसिक विकासका लागि खेल मैदान, कभर्ड हल तथा क्लव भवनमा जोड दिएर खेल क्षेत्रलाई अगाडि बढाउने वाचा घोषणापत्रमार्फत गरेको छ । नेपाली खेलाडीले एशियाली र ओलम्पिक खेलकुदमा पदक ल्याउने गरी खेलाडीको क्षमता विकासका लागि तालिम र प्रशिक्षणको व्यवस्था गर्नेपनि जनाएको छ । यस्तै खेलाडीहरुको सम्मान र वृद्धि विकासका कार्यक्रमसहित जीवनवृत्ति प्रणाली कार्यान्वयनमा ल्याउने, सम्भावना बोकेका खेलाडीको खोजि गर्ने र धेरै भन्दा धेरै प्रतियोगितामा खेलाडीलाई समावेश गराई अनुभव बटुल्ने अवसर दिने योजना ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र)
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले युवा तथा खेलकुदलाई सँगै समेटेको छ । १३ वटा बुँदा उल्लेख गरिएको शीर्षक अन्तर्गत खेलकुद क्षेत्र एक बुँदामा समेटेको छ । माओवादीले खेलकुद क्षेत्रमा संलग्न युवाको जीविकोपार्जनका लागि मापदण्ड बनाई आवश्यक आर्थिक सहयोगको प्रवन्ध मिलाउने र खेलकुद परिषद्को क्षमता विकासमार्फत खेलकुद क्षेत्रको विकास गर्ने योजना अगाडि सारेको छ । ठोस योजना घोषणापत्रमा उल्लेख गर्न नसकिएको प्रस्टै देखिन्छ ।

नेकपा (एकीकृत समाजवादी)
सत्ता गठबन्धनको अर्को दल नेकपा (एकीकृत समाजवादी) ले स्वस्थ जीवनको आधार नै खेलकुद पूर्वाधार भन्दै खेल संरचनामा जोड दिएको छ । नेपाली खेलकुदमा पूर्वाधार कमजोर भएको अवस्थालाई समेट्दै पूर्वाधारलाई जोड दिएको आंैल्याउन सकिन्छ । स्वास्थ्यका लािग खेलकुद, राष्ट्रिय पहिचानका लागि खेलकुद भन्ने नारा घोषणा पत्रमा उल्लेख गरेको छ । साथै खेलाडीहरुलाई प्रोत्साहित गर्नका लागि राष्ट्रि र अन्तर्राष्ट्रियस्तरका खेलमा पदक प्राप्त गर्नेहरुलाई पदको स्तरअनुसार निश्चित रकम पुरस्कारसहित कदरपत्रबाट सम्मान गर्ने जनाएको छ । हरेक पालिकामा खेलकुद गतिविधि सहित रंगशाला र खेल मैदान निमार्ण गर्ने विषयमा जोड दिएको छ । सँगै प्राथमिक तहदेखि महाविद्यालयसम्म खेलकुद सम्बन्धी कार्यक्रममा विद्यार्थीलाई समावेश गराउने तथा खेलकुदसम्बन्धी आवासीय विद्यालय सञ्चालन गर्ने व्यवस्था मिलाउन पहल गर्ने जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एक पालिका एक खेल मैदानसहितको खेलकुद एजेण्डा अगाडि सारेको छ । खेलकुद विकास गर्ने योजना बनाएको राप्रपाले प्रदेश र स्थानीय स्तरमा आवश्यकताको आधारमा रंगशाला, कभर्ड हल, खेल मैदान, खुला व्यायामशाला बनाउने एजेण्डा बनाएको छ । त्यस्तै स्थानीय प्रतिभाशाली खेलाडी तथा प्रशिक्षकलाई उच्चस्तरीय प्रशिक्षणको प्रवन्ध मिलाउने, अक्षय कोषको व्यवस्था गरी खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गर्ने जनाएको छ ।

नेपाल समाजवादी पार्टी
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको नेपाल समाजवादी पार्टीले खेलकुद क्षेत्रमा लाग्न चाहने युवाहरुलाई प्रोत्साहनमुलक कार्यक्रमहरुको व्यवस्था गर्ने र खेलकुद सम्बन्धी कार्यक्रमहरुको प्रवद्र्धनमा विशेष ध्यान दिने नीति लिने आसन्न निर्वाचनका लागि सार्वजनिक गरेको घोषणा पत्रमा उल्लेख गरेको छ ।

नेपाली राजनीतिका शीर्ष दलको परिचय पाएका अलावा अन्य साना दलहरुले पनि खेलकुदका विषय कतै कतै जोडेका छन् । सबैको चासो पूर्वाधार नै रहेको छ । मंसिर ४ गते हुने निर्वाचनकाक लागि राजनीतिक दहरुले आ–आफ्नो घोषणापत्र लिएर जनताको घरदैलोमा पुगिसकेको अवस्थामा खेलकुदमा जीवन बिताएका खेलपदाधिकारीले भने खेल बुझ्ने पदाधिकारी अभिभावक संस्थामा खोजिरहेका छन् । दलले जारी गरेको घोषणा पत्रमा देशको मुहार फेर्नेदेखि आर्थिक समृद्धिका चखिला नाराहरु जस्तै खेलकुद क्षेत्रको फड्को मार्ने योजनासहितका एजेण्डा र कार्यन्वयन पक्ष अहिलेको खेलकुदको आवश्यकता हो ।