२८ भाद्र २०८३, आईतवार
,
Latest
सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउन प्रतिबद्धः मुख्यमन्त्री पोखरेल



अ+ अ-

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपुरको विकासको कामले तीव्रता पाएको बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ धारापानीस्थित नवदुर्गा आधारभूत विद्यालय भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले जिल्लाको नारायणी नदीबाट त्रिवेणीसम्म जल यातायात, बिपी अन्तर्राष्ट्रिय खेल मैदान तथा ट्रमा सेन्टरको काम अगाडि बढेसँगै जिल्लामा विकासको गतिले तीव्रता पाएको बताउनुभएको हो । 

मुख्यमन्त्री पोखरेलले गैँडाकोट–बुलिङटार जोड्ने सडक निर्माणको कामले पनि गति लिएको उल्लेख गर्दै प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउन सरकार प्रतिबद्ध छ भन्नुभयो । 

भुकम्पले सो विद्यालयको भवन भत्किएपछि सोही स्थानमा प्रदेश सरकार संसद् विकास कोषको रु २१ लाख १० हजार बजेटबाट निर्माण शुरु गरिएको थियो । विद्यालयको भवन निर्माणका लागि अपुग रकम स्थानीय श्रमदान, विद्यालयको आन्तरिक स्रोत र चन्दा सङ्कलनबाट जुटाइएको विद्यालयका प्रधानाध्यापक शक्तिप्रसाद कँडेलले जानकारी दिनुभयो ।