५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः भारतविरुद्ध बंगलादेशले टस जितेर बलिङ रोज्यो



अ+ अ-

एजेन्सी । अष्ट्रेपलियामा जारी टी–२० विश्वकपको निकै महत्वपूर्ण खेलमा बंगलादेशका कप्तान शकिब अल हसनले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएका छन् ।

भारतका कप्तान रोहित शर्माले यस विश्वकपमा पहिलो पटक टस हारेका छन् । दुवै टोलीले टोलीमा एक–एक परिवर्तन गरेका छन् ।

भारतले दीपक हुडाको स्थानमा अक्षर पटेल र बंगलादेशले सौम्या सरकारको स्थानमा शरीफुल इस्लामलाई प्लेइङ ११ मा राखेको छ ।

यो खेलमा जितसँगै भारतको सेमिफाइनल पुग्ने बाटो निकै सहज हुनेछ । यता, बंगलादेश हारेको खण्डमा यो प्रतियोगिताबाट झण्डै बाहिरिने छ । यो खेलपछि बंगलादेशको अन्तिम खेल पाकिस्तानसँग छ भने भारतले जिम्बावेसँग खेल्नेछ ।

भारतको हार भए बंगलादेशको सम्भावना पनि निकै बढ्नेछ । यदि उसले भारतपछि पाकिस्तानलाई हराएमा उसको अंक तालिकामा ८ अंक हुनेछ ।

यी समीकरणलाई हेर्दा यो खेल एक हिसाबले नकआउट नै हो भन्न सकिन्छ । हारको अवस्थामा भारतको बाटो निकै सीमित हुन सक्छ ।

हाल समुह–२ मा रहेको भारतीय टोली ३ खेलबाट २ जित र १ हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । योसँगै बंगलादेशको टोली पनि सोही खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा छ । राम्रो रन रेटका कारण भारत अहिले बंगलादेशभन्दा अगाडि छ ।

भारतः केएल राहुल, रोहित शर्मा (कप्तान), विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, अक्षर पटेल, दिनेश कार्तिक (विकेटकिपर), आर अश्विन, मोहम्मद। शमी, भुवनेश्वर कुमार र अर्शदीप सिंह ।

बंगलादेशः नजमुल हुसेन, लिटन दास, शकिब अल हसन, अफिफ हुसेन, नुरुल हसन, मोस्देक हुसेन, यासिर अली, तस्किन अहमद, मुस्ताफिजुर रहमान, हसन महमूद र शरीफुल इस्लाम ।