२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः भारतविरुद्ध बंगलादेशले टस जितेर बलिङ रोज्यो



अ+ अ-

एजेन्सी । अष्ट्रेपलियामा जारी टी–२० विश्वकपको निकै महत्वपूर्ण खेलमा बंगलादेशका कप्तान शकिब अल हसनले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएका छन् ।

भारतका कप्तान रोहित शर्माले यस विश्वकपमा पहिलो पटक टस हारेका छन् । दुवै टोलीले टोलीमा एक–एक परिवर्तन गरेका छन् ।

भारतले दीपक हुडाको स्थानमा अक्षर पटेल र बंगलादेशले सौम्या सरकारको स्थानमा शरीफुल इस्लामलाई प्लेइङ ११ मा राखेको छ ।

यो खेलमा जितसँगै भारतको सेमिफाइनल पुग्ने बाटो निकै सहज हुनेछ । यता, बंगलादेश हारेको खण्डमा यो प्रतियोगिताबाट झण्डै बाहिरिने छ । यो खेलपछि बंगलादेशको अन्तिम खेल पाकिस्तानसँग छ भने भारतले जिम्बावेसँग खेल्नेछ ।

भारतको हार भए बंगलादेशको सम्भावना पनि निकै बढ्नेछ । यदि उसले भारतपछि पाकिस्तानलाई हराएमा उसको अंक तालिकामा ८ अंक हुनेछ ।

यी समीकरणलाई हेर्दा यो खेल एक हिसाबले नकआउट नै हो भन्न सकिन्छ । हारको अवस्थामा भारतको बाटो निकै सीमित हुन सक्छ ।

हाल समुह–२ मा रहेको भारतीय टोली ३ खेलबाट २ जित र १ हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । योसँगै बंगलादेशको टोली पनि सोही खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा छ । राम्रो रन रेटका कारण भारत अहिले बंगलादेशभन्दा अगाडि छ ।

भारतः केएल राहुल, रोहित शर्मा (कप्तान), विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, अक्षर पटेल, दिनेश कार्तिक (विकेटकिपर), आर अश्विन, मोहम्मद। शमी, भुवनेश्वर कुमार र अर्शदीप सिंह ।

बंगलादेशः नजमुल हुसेन, लिटन दास, शकिब अल हसन, अफिफ हुसेन, नुरुल हसन, मोस्देक हुसेन, यासिर अली, तस्किन अहमद, मुस्ताफिजुर रहमान, हसन महमूद र शरीफुल इस्लाम ।