२८ भाद्र २०८३, आईतवार
,
Latest
सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाइलाई थाहाँ छ, यसरी काम गरियो भने छिट्टै मरिन्छ



अ+ अ-

काठमाडौं । तपाईं अफिसमा दुई घन्टासम्म लगातार नहल्लिकन काम गर्नुहुन्छ ? गर्नुहुन्छ भने सावधान ! एक अनुसन्धान रिपोर्टअनुसार लामो समयसम्म एकै ठाउँमा बस्ने मानिस अन्य मानिसको तुलनामा छिट्टै मर्ने जोखिम बढ्छ ।

शोध निष्कर्षबाट पत्ता लागेअनुसार दिनमा आठदेखि १३ घन्टासम्म बसेर काम गर्ने मानिसहरू ६० देखि ९० मिनेटसम्म बसेर काम गर्ने मानिसको तुलनामा मर्ने जोखिम दोब्बर हुन्छ । जम्मा आधी घन्टा एउटै ठाउँमा बस्ने मानिसमा मृत्युको खतरा सबभन्दा कम देखियो ।

भेइल कोर्नेल मेडिकल सेन्टरका प्राध्यापक मोनिका सेफर्डले भनिन्, ‘अनुसन्धानअनुसार लामो समयसम्म एकै ठाउँमा बस्दा हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पर्छ ।’

अनुसन्धानको रिपोर्ट एनाल्स अफ इन्टर्नल मेडिसिनमा प्रकाशित भएको छ । अनुसन्धान टोलीले ४५ वर्षभन्दा बढीका सात हजार नौ सय ८५ मानिसमा एक हप्तासम्म नजर राखेका थिए ।