९ भाद्र २०८३, मंगलवार
,
Latest
अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल राष्ट्रपति पौडेलबाट चाँगुनारायणको कलश यात्राको कलशमा छाँया दर्शन पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘किङ्ग खान’को ५७ औं जन्मदिन, फ्यानलाई ‘पठान’को टिजर उपहार



अ+ अ-

काठमाडौं । आज बलिउड सुपरस्टार शाहरुखको खान ५७ औं जन्मदिन । आफ्ना प्रिय अभिनेता शाहरुखलाई जन्मदिनको शुभकामना दिन उनको मुम्बईस्थित निवास मन्नत बाहिर फ्यानको घुइँचो लागेको छ ।

नेपालमा पनि शाहरुख खानका फ्यान फलोवोर्स राम्रो रहेको छ । किङ्ग खानका केहि नेपाली फ्यान उनलाई जन्मदिनको शुभकामना दिन मन्नत पुगेका छन् ।

कोरोनाको कारण चार वर्षसम्म  जन्मदिन भव्य तरिकाले मनाउन नपाएका शाहरुखले भने यसपटक जन्मदिनलाई भव्य बनाउँदैछन् । जन्मदिनको अवसर पारेर यशराज फिल्म्सले शाहरुखको नयाँ फिल्म ‘पठान’को टिजर सार्बजनिक गरेको छ । सोहि अवसरमा फ्यानहरुले ‘पठान’को टिजरलाई ट्रेन्डिङ बनाइरहेका छन् ।

मन्नतमा नेपाली फ्यान । फोटोः रविन दाहाल

पठान, जवान र डंकी गरी अंग्र्रेजी नयाँ वर्ष २०२३ मा उनका तीन नयाँ फिल्म रिलिज हुँदैछन् ।

दीपिका पादुकोण र जोन अब्राहमको समेत मुख्य भूमिका रहेको पठान शाहरुखको प्रतीक्षित फिल्ममध्ये एक हो ।

पठानबाहेक शाहरुखका एटलीको फिल्म ‘जवान’ र राजकुमार हिरानीको सोसल ड्रामा ‘डंकी’ रिलिज हुँदैछन् ।