• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड

हाम्रा विरोधीलाई धरहरा हेर्दा मुटुमा सुइरो रोपेझैँ हुन्छ– अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको दाबी गरेका छन् ।

काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफ्नो पार्टीको सरकारले भूकम्पपछिको सफल पुनर्निर्माण गरेको र विश्वमै भूकम्पपछिको पुनर्निर्माणमा छिटो सफलता पाउने देशमा नेपाल परेको दाबी गरेका हुन् ।

ओलीले काठमाडौंमा पुनर्निर्मित धरहराले आफ्ना विरोधीहरुको मुटुमा सुइरो रोपिएको भन्दै कटाक्ष गरेका छन् । उनले भने, ‘एमाले सरकारमा गएपछि साढे सात लाख घर हस्तान्तरण भए भने १५ सय पुरातात्त्विक महत्त्वका ऐतिहासिक भवनहरू पुनर्निर्माण गरिए । २०र३० वर्षमा अरूले गर्न नसकेका काम हामीले गरेका छौँ । सबै काम सकेपछि बेग्लै रौनक आउँछ काठमाडौंको मुटुमा । तर, धरहरा भनेको धरहरा मात्रै हो । त्यो निर्माण भइसकेको छ । पार्किङ स्थल र गार्डेनलाई एउटा कम्पोटेन्टमा ल्याए पनि त्यो धरहरा होइन । अहिले केही पार्टी र तीनका नेतालाई धरहरा हेर्‍यो कि मुटुमा सुइरो रोपेजस्तो हुन्छ । धरहराको टुप्पो हेरेपछि घोच्छ तिनीहरूलाई । त्यस कारण उनीहरू कराउँछन् । कसैले सेता भ्यूटावर हो भन्छन् ।’

अध्यक्ष ओलीले भूकम्पले भत्किएको धरहराको पुनर्निर्माण सकिएको तर पार्किङलगायतका बाह्य संरचनाको काम जारी रहेको उल्लेख गरे ।