२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनलाई पराजित गर्दै ब्राजिलले जित्यो ओलम्पिक फुटबलको स्वर्ण



अ+ अ-

काठमाडौं । टोकियो ओलम्पिकको फुटबलको स्वर्ण ब्राजिलले जितेको छ । स्पेनलाई हराउदै ब्राजिलले ओलम्पिकको पुरुषतर्फको फुटबलको स्वर्ण जितेको हो ।

ब्राजिलले २-१ ले स्पेनलाई पराजित गरेको थियो । ९० मिनेटको समयमा १(१ को गोल बराबरी भएको ब्राजिलले थपिएको समयको दोस्रो हाफमा माल्कोमले गोल गरी टोलीलाई स्वर्ण जिताएका थिए । 

माल्कोमलाई ब्राजिलका प्रशिक्षकले सब्सिट्युट गरेर मैदानमा ल्याएपछि टोली निकै प्रभावशाली भएको थियो ।

ब्राजिलले सन् २०१६ मा रियो ओलम्पिकमा पनि स्वर्ण जितेको थियो । उसले लगातार ओलम्पिकमा स्वर्ण जितेर इतिहास रचेको छ ।