२८ भाद्र २०८३, आईतवार
,
Latest
भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपि ओली भन्दा देउवा गतिला : नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीका अध्यक्ष केपि शर्मा ओली भन्दा प्रधानमन्त्री शेर बहादुर देउवा राम्रो भएको बताएका छन् । दोलखा काठमाडौँ सम्पर्क मञ्चका आफू पक्षीय नेताहरुलाई भर्चुअल सम्बोधन गर्दै नेपालले ओलीले माओवादीलाई विश्वासमा लिएको अवस्थामा अहिलेको अवस्था सिर्जना नै नहुने बताएका हुन् । 

नेता नेपालले आफ्नै पार्टीमात्र पनि एकतावद्ध राखेको अवस्थामा वर्तमान समस्या सिर्जना नहुने पनि बताए। पार्टी अहिलेको अवस्थामा आउनुमा ओलीको भूमिका रहेको नेपालको आरोप छ।

देउवाको सरकारलाई विश्वासको मत नदिएको भए सोही दिन प्रतिनिधि सभा भंग हुने अवस्था रहेकाले प्रतिनिधि सभा बचाउन मतदान गरेको नेपालको भनाई छ। झलनाथ खनाल प्रधानमन्त्री भएको स्मरण गर्दै नेपालले एमाले ओलीको पेवा नभएको बताए। उनले खनाल प्रधानमन्त्री हुँदा राजिनामा दिएका थिए । 

ओली प्रवृतिविरुद्ध आफूहरुको लडाईँ रहेको माधवको मत थियो।

‘उहाँमा जुन व्यक्तिवादी प्रवृति छ, जुन अहंकार छ, निरंशुक प्रवृति र गैरकम्युनिस्ट आचरण विकास भएको छ। विदेशी सामु लम्पसार पर्ने प्रवृत्ति देखिएको छ। त्यसका विरुद्धको हो यो लडाईँ। विचारको लडाईँ जारी छ। यो लडाईँमा दृढताका साथ अघि बढ्नुपर्छ।’

अहिलेसम्म आफू सबै मोर्चामा जितेर पनि उत्साहित हुन नसकेको नेपालको भनाई छ। नेपालले ओलीभन्दा शेरबहादुर देउवा गतिला भएको पनि टिप्पणी गरे। तर, देउवा पनि कम्युनिस्ट जति गतिला नभएको नेपालको भनाई छ।

‘केपी ओलीभन्दा गतिला हुन शेरबहादुर तर कम्युनिस्टभन्दा गतिला हैनन्। एमालेभन्दा गतिला हैनन्। तर, धेरै बदमासभन्दा थोरै बदमासलाई ल्याउनुपर्छ भनिन्छ। ऊ त लोकतन्त्रवादी मान्छे हो कमसेकम। हेर्नुस् त ऊ प्रधानमन्त्री भयो पूर्वप्रधानमन्त्रीको सम्मान गरेर बोलायो। माधव नेपालजीले बाघ सम्मेलनमा यस्तो गर्नुभयो भनेर पनि भन्यो केपी ओलीले कहिल्यै सम्झियो ? आजसम्म यत्रो वर्षसम्मरु आफ्नो पार्टीभित्रको सिनियर नेताको सम्मान गर्न नसक्ने ? अनि अपमान फिल हुन्छ कि हुँदैन। इतिहासप्रतिको न्याय हुन्छ ? अनि संस्कार कसको राम्रो रहेछ ? कम्युनिस्ट कि कांग्रेसको ? म त भन्छु कांग्रेसको।