२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाटकीय जितसँगै टोटेनहम च्याम्पियन्स लिगको अन्तिम १६ मा



अ+ अ-

एजेन्सी । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस क्लब टोटेनहमले समूह ‘डी’ विजेताका रूपमा अन्तिम १६ मा यात्रा तय गरेको छ ।

मंगलबार राति सम्पन्न खेलमा टोटेनहमले नाटकीय रूपमा अन्तिम समयमा फ्रान्सेली क्लब मार्सेलाई २–१ ले हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो ।

पहिलो हाफको इन्जुरी समयमा चान्सल मेम्बा मंगुलुले गोल गर्दै मार्सेलाई सुरुवाती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा क्लेमेन्ट लेंग्लेटले गोल गर्दै टोटेनहमलाई १–१ को बराबरीमा ल्याए ।

खेल सकिनै लाग्दा ९०+५ मिनेटमा पिएरे एमिल होजबर्गले गोल गर्दै टोटेनहमलाई नाटकीय जित दिलाए ।