२७ भाद्र २०८३, शनिबार
,
Latest
बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाटकीय जितसँगै टोटेनहम च्याम्पियन्स लिगको अन्तिम १६ मा



अ+ अ-

एजेन्सी । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत इंग्लिस क्लब टोटेनहमले समूह ‘डी’ विजेताका रूपमा अन्तिम १६ मा यात्रा तय गरेको छ ।

मंगलबार राति सम्पन्न खेलमा टोटेनहमले नाटकीय रूपमा अन्तिम समयमा फ्रान्सेली क्लब मार्सेलाई २–१ ले हराउँदै नकआउट चरणमा प्रवेश गरेको हो ।

पहिलो हाफको इन्जुरी समयमा चान्सल मेम्बा मंगुलुले गोल गर्दै मार्सेलाई सुरुवाती अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा क्लेमेन्ट लेंग्लेटले गोल गर्दै टोटेनहमलाई १–१ को बराबरीमा ल्याए ।

खेल सकिनै लाग्दा ९०+५ मिनेटमा पिएरे एमिल होजबर्गले गोल गर्दै टोटेनहमलाई नाटकीय जित दिलाए ।