२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा बनेपछि श्वेताको अनुभूति: जीवनको सबै भन्दा ठूलो अवार्ड प्राप्त गरे



अ+ अ-

काठमाडौं । अभिनेत्री श्वेता खड्काले पुत्रीलाभ भएपछि जीवनको सबै भन्दा ठूलो अवार्ड प्राप्त गरेको जनाएकी छिन् ।

मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएपछि साँझ सामाजिक संञ्जालमा एक स्टाटस राख्दै खड्काले सन्तान प्राप्तिले खुशिको अर्को रङ्ग पोतिएको र आशाको अर्को दिप झुल्किएको जनाएकी छिन् ।

उनले लेखेकी छिन्

लामो अन्तराल पश्चात् मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ । खुशिको अर्को रङ्ग पोतिएको छ अनि आशाको अर्को दिप झुल्किएको छ । मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अवोध सुपुत्रीको आगमनसंगै जीवनको अर्को पाटो सुरुभएको छ ।

आजबाट मैले संसारकै सबै भन्दा सुन्दर शब्द ‘आमा’ बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु । यो मेरो जीवनको सबै भन्दा ठूलो अवार्ड हो , सबैभन्दा अमुल्य प्राप्ती अनि बहुमुल्य सम्पत्ती हो ।
मेरो प्रशव अवस्थामा सुस्वास्थ्यको कामना गरी म प्रती साहनुभुती जनाईदिने मेरा आफन्त, परिवार, नातागोता र सुभचिन्तकहरु सम्पुर्ण प्रती हार्दिक आभार ब्यक्त गर्दै मेरो सुख दुखमा कोमल हात दिने अनि न्यानो साथ दिने मेरो जीवनसाथी बिजयन्द्र शिह रावत लाई मुरी मुरी माया ।

मेरो काखमा मुसुक्क मुस्कुराई रहेकी सानी ‘परी’ लाई यो खुल्ला आकाश अनि सुन्दर धर्तीमा हार्दिक स्वागत ।