१८ श्रावण २०८३, सोमबार
,
Latest
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधि र मन्त्रालयबीच वार्ता सुरु सुकुम्बासीलाई रोजगारीसँग जोड्न तालिम र अवसर उपलब्ध गराउने निर्णय मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि खस्याे पहिरो, दुईतर्फी सडक अवरुद्ध भलिबल संघको १९ वटा वार्षिक कार्यक्रम सार्वजनिक परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ सुनकोसी दुर्घटना: खसेको कारमा सवार थिए ३ जना राष्ट्रिय सभाको शुन्य समयः महँगी, सीमा विवाद र दलित आन्दोलनप्रति सरकारको ध्यानाकर्षण अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउनेः प्रजिअ मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा बनेपछि श्वेताको अनुभूति: जीवनको सबै भन्दा ठूलो अवार्ड प्राप्त गरे



अ+ अ-

काठमाडौं । अभिनेत्री श्वेता खड्काले पुत्रीलाभ भएपछि जीवनको सबै भन्दा ठूलो अवार्ड प्राप्त गरेको जनाएकी छिन् ।

मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएपछि साँझ सामाजिक संञ्जालमा एक स्टाटस राख्दै खड्काले सन्तान प्राप्तिले खुशिको अर्को रङ्ग पोतिएको र आशाको अर्को दिप झुल्किएको जनाएकी छिन् ।

उनले लेखेकी छिन्

लामो अन्तराल पश्चात् मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ । खुशिको अर्को रङ्ग पोतिएको छ अनि आशाको अर्को दिप झुल्किएको छ । मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अवोध सुपुत्रीको आगमनसंगै जीवनको अर्को पाटो सुरुभएको छ ।

आजबाट मैले संसारकै सबै भन्दा सुन्दर शब्द ‘आमा’ बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु । यो मेरो जीवनको सबै भन्दा ठूलो अवार्ड हो , सबैभन्दा अमुल्य प्राप्ती अनि बहुमुल्य सम्पत्ती हो ।
मेरो प्रशव अवस्थामा सुस्वास्थ्यको कामना गरी म प्रती साहनुभुती जनाईदिने मेरा आफन्त, परिवार, नातागोता र सुभचिन्तकहरु सम्पुर्ण प्रती हार्दिक आभार ब्यक्त गर्दै मेरो सुख दुखमा कोमल हात दिने अनि न्यानो साथ दिने मेरो जीवनसाथी बिजयन्द्र शिह रावत लाई मुरी मुरी माया ।

मेरो काखमा मुसुक्क मुस्कुराई रहेकी सानी ‘परी’ लाई यो खुल्ला आकाश अनि सुन्दर धर्तीमा हार्दिक स्वागत ।