३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह

अन्तरवडा पर्यटन प्रवर्द्धनमा सेल्फी रोड

अन्तरवडा पर्यटन प्रवर्द्धनमा सेल्फी रोड
अ+ अ-

टङ्कीसिनवारी । पर्यटन प्रवर्द्धनका लागि एक देशबाट अर्को देश नै जानु पर्छ भन्ने छैन । मुलुकभित्र रहेका अनगिन्ती संरचनादेखि वस्तुसम्मले पर्यटक तान्ने क्षमता राख्दछ ।

नगर अथवा गाउँपालिका क्षेत्रभित्रको कुनै एक वडामा पाइने अथवा निर्माण गरिएका महत्वपूर्ण संरचना र पुरातात्विक महत्त्वका वस्तुले त्यसै क्षेत्रको अन्य वडाका वासिन्दालाई आकर्षित गरेमा मात्र पनि पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने देखिएको छ ।

विराटनगर–३ को षडानन्द मार्ग अहिले सेल्फी रोडको नाउँबाट प्रख्यात छ । यसलाई कतिपयले भाइरल रोड पनि भन्ने गरेका छन् । विराटनगर–३ को वडा कार्यालयदेखि उत्तर पाँच सय मिटरको सडक क्षेत्रको एकापट्टि खाँबो गाडेर त्यसमा रङ्गीचङ्गी बत्ती झुण्ड्याइएको छ । सेल्फी रोडमा साँझ पर्नासाथ बल्ने झिलीमिली बत्तीमा टिकटक बनाउनेदेखि घुम्न आउनेसम्मको भीड लाग्ने गरेको छ । सेल्फी रोडले अन्तरवडा पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको महसुस गर्न थालिएको छ ।

विराटनगरको १९ वटै वडाबाट सर्वसाधारण सेल्फी रोडमा तस्बिर खिचाउन आउने गरेका छन् । विराटनगर–१० की भवानी खनालले सेल्फी रोड हेरेर आफू मोहित भएको बताउनुभयो । उहाँले पर्यटक तान्न ठूलै रकम खर्च गर्नु पर्ने आवश्यकता नरहेको भनेर सेल्फी रोडले देखाएको बताउनुभयो ।

इनरूवा निवासी हाल विराटनगर–६ बस्ने उत्तम कोइरालाले नेपाल पर्यटकको स्वर्ग रहेको बताउनुभयो । स–साना कुराले पनि राम्रै ध्यान आकृष्ट गर्ने क्षमता राख्ने उदाहरण यो सेल्फी रोडले देखाएको उहाँको भनाइ छ ।

विराटनगरवासी बाहेक सेल्फी रोडले मोफसलका बासिन्दाको पनि ध्यान आफूतिर तान्न विस्तारै सफल हुँदैछ । बुढीगंगा–२ टङ्कीसिनवारीका राम सरदारले दिनभरिको कामको थकानलाई सेल्फी रोडको उज्यालोले मेट्ने गरेको बताउनुभयो ।

कुनै बेला उजाड जस्तो देखिने सेल्फी रोडमा नयाँ–नयाँ होटल र पसल थाप्ने होड नै चलेको छ । साँझपख चटपटेदेखि बेलुन बेच्ने स–साना कारोबारीको पनि धन्दा चल्न थालेको छ । सेल्फी रोडसम्म यात्रु ल्याउन र लैजान विराटनगरका सिटी सफारी र टेम्पो व्यस्त बन्न थालेका छन् ।

सेल्फी रोडमा सर्वसाधारणको आवतजावत बढ्दा यहाँका किराना पसलदेखि होटलसम्मले मनग्य आम्दानी गर्न थालेका छन् । विराटनगर–३ का वडाध्यक्ष बासु बस्नेतले निवर्तमान वडाध्यक्ष विनोद बस्नेतको कार्यकालमा छुट्याइएको पाँच लाख रूपैयाँ खर्च गरेर सो सडकमा २२ वटा खम्बा गाडिएको र झिलीमिली बिजुली बत्ती जडान गरिएको बताउनुभयो ।

उहाँले सेल्फी रोडमा अत्यधिक भीड हुने गरेको र कहिलेकाहीँ भीड नियन्त्रणका लागि प्रहरीसमेत परिचालन गर्नुपरेको स्मरण गर्नुभयो । उहाँले विराटनगरवासी र मोफसलबाट थुपै्र सर्वसाधारण सेल्फी रोडको अवलोकन गर्न आउने गरेको जानकारी दिनुभयो ।

वडाध्यक्ष बस्नेतले सेल्फी रोडको सडक पेटीमा टाली ओछ्याउने, वृक्षरोपण गर्ने, नालामा ढकनी लगाउने, ठाउँ–ठाउँमा बस्ने फलैँचा बनाउने र सार्वजनिक शौचालयसमेत निर्माण गरिने बताउनुभयो । उहाँका अनुसार सेल्फी रोडमा रु तीन करोड खर्च गर्ने गरी गुरूयोजना समेत तयार भइसकेको छ ।

प्राध्यापक दिनेशराज सुवेदीले सेल्फी रोडलाई वातावरणीय हिसाबले सुन्दर बनाउँदै लैजानु पर्ने बताउनुभयो । विराटनगरभित्र घुम्न जाने ठाउँको अभाव हुँदा विराटनगरवासीको न्यास्रो सेल्फी रोडले मेटाउन भूमिका खेल्ने उहाँको भनाइ छ । सेल्फी रोडलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न महानगरपालिका, वडा र स्थानीयवासी सबैको समान दायित्व भएको उहाँले बताउनुभयो । रासस