२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बने किरण गजमेर



अ+ अ-

काठमाडौं । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को  विजेता टिम प्रमोदबाट किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट ल्याएर  ‘द भ्वाइस अफ नेपाल सिजन–३’ विजेता किरण गजमेर बनेका हुन् । 

टीम दीपकका आर्यन तामाङ, टीम तृष्णाका ज्वाला राई र टीम राजुका तारा श्रीस मगरको भने उपाधि जित्ने सपना पूरा हुन सकेन । 

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरे । उनी भ्वाइसका लागि नै अमेरिकाबाट नेपाल आएका थिए । भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए ।