• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

मानव अंग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्नेः मन्त्री श्रेष्ठ



काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले मानव अंग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्नेमा जोड दिनु भएको छ ।

किड्नीलगायतका अंगहरु फेल भएर बसेकाहरुको पुनर्जन्म हुने भएकाले मृत्य पर्यन्त अंग दान गर्ने कार्यलाई अभियानको रुपमा अघि बढाउन उपयुक्त हुने उहाँको भनाई थियो । मारबाडी सेवा समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले दान गरिएको अंगहरुले मान्छेको पुनर्जन्म गराउने र उनीहरुको स्वस्थ जीवनले मुलुकलाई समृद्ध बनाउन योगदान पुर्याउने भएकालेपनि मानव अंग दान अति आवश्यक रहेको स्पष्ट पार्नु भयो ।

मन्त्री श्रेष्ठले भन्नु भयो, ‘हामीसँग निश्चित अंगहरु छन । ती मृत्य पछि पनि प्रयोग हुँदो रहेछ । र, त्यसलाई प्रयोग गर्न सक्दाखेरी पीडामा रहेकाहरुलाई नयाँ जीवन दिन सकिँदो रहेछ । किड्नी पनि एउटा पक्ष रहेछ । यदि हामीले हाम्रा किड्नीहरु, कलेजोहरु हामीले मृत्यु पछि दिन सक्छौं । र, त्यो दिएको कुराहरुले अर्को मान्छेलाई हामीले पुनर्जीवन दिन सक्छौं । त्यो कामलाई हामीले व्यापकता दिन सक्यौं भने त्यो हामीले धेरै ठूलो सेवा गर्न सक्ने, पुनर्जन्म दिन सक्ने मानवीय सेवा हुँदो रहेछ । मानव अंग दान गर्ने अभियानको रुपमा लैजान सक्यांै भने तन्दुरुस्त मान्छेको रुपमा पनि हामीले अगाडि बढाउन सक्छौं । त्यो काममा लाग्नु पर्दछ । ’

मन्त्री श्रेष्ठले अंग दान गरेर अरुको जीवन दान गर्नु ठूलो मानवीय सेवा भएकाले यसलाई व्यापक बनाएर लैजानुपर्ने बताउनु भयो । त्यस अवसरमा उहाँले मानवीय सेवाको क्षेत्रमा मारबाडी समुदायले खेल्दै आएको भूमिकाको पनि चर्चा गर्नु भएको थियो ।