१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः इंग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले हरायो



अ+ अ-

एजेन्सी । अष्ट्रेलियामा जारी टी–२० विश्वकपको सुपर १२ अन्तर्गत इंग्ल्यान्डले जित निकालेको छ । मंगलबार दिउँसो ब्रिस्बेनको द गाबा मैदानमा सम्पन्न खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई २० रनले पराजित गरेको हो ।

१८० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा १५० रनमात्र बनायो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले सर्वाधिक ६२ रन बनाए । ३६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे । केन विलियम्सले ४० बलमा ४० रन बनाउँदा मिचेल सान्टनर १० बलमा १६ रनमा अविजित रहे ।

इंग्ल्यान्डका साम करनले दुई विकेट लिए भने मार्क वुड र बेन स्टोक्सले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा १७९ रन जोड्यो । इंग्ल्यान्डका लागि कप्तान जोस बटलरले ४७ बलमा ७३ रनको योगदान दिए । उनले ७ चौका र २ छक्का प्रहार गरे । यस्तै, एलेक्स हेल्सले ४० बलमा ५२ रन, लियाम लिभिङ्स्टोनले १४ बलमा २० रनको योगदान दिए ।

न्युजिल्यान्डका लोकी फर्गुसनले दुई विकेट लिए भने टीम साउथी, मिचेल सान्टनर र इश सोढीले एक–एक विकेट लिए ।