• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   अन्तिम समयमा दुई गोल गर्दै इंग्लयाण्ड युरो कपको क्वाटरफाइनलमा ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास

जनमत पार्टीको घोषणा पत्र सार्वजनिक: भ्रष्टाचार निर्मुलदेखि राइट टु रिजेक्टसम्मको एजेण्डा 



काठमाडौं । आसन्न मंसिर ४ गते हुने निर्वाचनका लागि मधेशबाट राजनीतिक यात्रा सुरु गरेको डा.सिके राउत नेतृत्वको जनमत पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गरेको हो ।

भ्रष्टाचार निर्मूलिकरण, सुशासन र सेवा–प्रवाह जनभावना अनुरुप बनाउने मुख्य उद्देश्यसहित जनमत पार्टी चुनावमा सहभागी हुने जारी घोषणापत्रमा उल्लेख गरिएको छ । भ्रष्टाचारको अन्त्य, राइट टु रिकल, राइट टु रिजेक्ट सहितको एजेण्डा लिएर सूचनाको हक अधिकार प्रभावकारी ढंगले संस्थागत गर्ने पार्टीले प्रतिवद्धता गरेको छ ।

त्यस्तै, कक्षा १२ सम्म निःशुल्क शिक्षा, युनिभर्सल हेल्थ केयर, एकीकृत सामाजिक सुरक्षा, योग्य जनशक्ति उत्पादन गरि समाजवादसहित लोक कल्याणकारी राज्यको स्थापना गर्ने मुख्य लक्ष्य लिएको घोषणापत्रमा उल्लेख छ । साथै, पार्टीले नागरिकता समस्याको स्थायी समाधान गर्ने, अनिवार्य २ वर्ष स्वयंसेवक तालिम दिने प्रतिवद्धता समेत गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार विक्रम बमले देश कहाली लाग्दो परिस्थितिमा गुज्रिएको बताएका छन् । देशको अवस्था सुर्धानकै लागि जनमत पार्टीको उदय भएको उनको भनाइ थियो । उनले भने,‘जनमत पार्टी वर्तमान अवस्थाको उपज हो ।’ राजनीतिक दल र पार्टी आफैमा नराम्रो नहुने तर मुलुक सञ्चालन गर्नेले सही तरिकाले गर्न नसकेको कारण सिके राउतको उदय भएको उनले बताए ।

बमले देशको अवस्था बिग्रिएको भन्दै देशमा समृद्ध ल्याउनकै लागि आफ्नो पार्टी पहिलो पटक आम निर्वाचनमा सहभागी हुने जानकारी दिए । हिमाल, पहाड र तराइलाई एकता गर्ने पार्टीको पहिलो लक्ष्य भएको उनले स्पष्ट पारे । उनले शुसासन मुलुकको आवश्यकता रहेको भन्दै सिके राउत देशमा लुकेको हिरा भएको समेत दाबी गरे ।

देशमा भ्रष्टाचारको अन्त्य नभएमा मुलुकको विकास नहुने उनको भनाइ थियो । उनले आफ्नो पार्टीले भ्रष्टाचारको अन्त्यका लागि प्रदेश–२ मा भ्रष्टाचारीलाई कारबाहीको सुरुवात गरेको बताए । उनले अध्यक्ष सिके राउतलाई सरकारले षड्यन्त्र गरे सत्ता उल्टाउने धम्की दिए । उनले भने,‘सिके राउतविरुद्ध राज्यले अझै कुनै पनि षड्यन्त्र गर्छ भने राज्यसत्ता ६ महिनामा उल्टाएर सडकमा ल्याउने चेतावनी दिन्छौ ।’ जनमत पार्टीले सिके राउतजस्ता हजारौं असल व्यक्ति जन्माएर देशमा भएको भ्रष्टाचारको अन्त्य गर्न खोजेको बताए ।

काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा केन्द्रीय सदस्य ई। हरेन्द्र चौधरीले पार्टीको मुख्य एजेण्डा भ्रष्टाचार नियन्त्रण गरी शुसासन कायम गर्नु रहेको स्पष्ट पारेका छन् । आफ्ना भन्दा पनि राम्रा उम्मेदवारलाई मत दिन सल्लाह दिँदै उनले सबै मतदातालाई आफू र आफ्नो पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

उनले आसन्न निर्वाचनका लागि आफ्नो पार्टीले कसैसँग पनि गठबन्धन नगरेको समेत स्पष्ट पारे । काठमाडौंमा खानेपानीको समस्या रहेको उल्लेख गर्दै उनले आफू निर्वाचित भएमा पानीको समस्या सधैको लागि अन्त्य गर्ने बताए ।