१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा, बयान हुँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा, बयान हुँदै
अ अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ । उनीविरुद्धको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ । अहिले इजलासले उनको बयान लिइरहेको छ । बयान सकिनेबित्तिकै आजै थुनछेक बहस सुरु हुनेछ ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपमाथि १२ वर्ष कैद सजायको माग गर्दै सरकारी वकिलको कार्यालय मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन्दीपलाई पक्राउ गरेको थियो । उनीमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको थियो।

आरोपित सन्दीपविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालाले अनुसन्धान पूरा गरेर कात्तिक ४ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर बीचमा तिहार सुरु भएकाले उनीविरुद्ध मुद्दा दर्ता हुन सकेको थिएन ।

उनीविरुद्ध प्रहरीले मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो । सो दफाको उपदफा ३ को ९घ०मा १२ वर्षसम्म कैद सजाय मागदाबी गर्न सकिने व्यवस्था रहेको छ ।

सो उपदफाको ९घ० मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय माग दाबी गर्न सकिने उल्लेख छ ।

प्रहरीले पीडितलाई क्षतिपूर्ति दिनका लागि सन्दीपको सम्पत्ति पनि छानबिन गरेको बताइएको छ । मुद्दामा पीडितलाई क्षतिपूर्तिको पनि माग दाबी गरिएको छ ।

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरुद्ध होटलका सिसिटिभी फुटेज, बयान र अस्पतालको रिपोर्टलगायत प्रमाणका रुपमा पेश गरेको छ ।

क्रिकेटर सन्दीप लामिछानेले पीडित भनिएकी किशोरी र आफू राति एउटै कोठामा रहे पनि शारीरिक सम्बन्ध नराखेको बयान जिकिर गरेका छन् ।

प्रहरीले अदालतमा दायर गरेको अभियोगपत्रमा सन्दीपको बयान समावेश गरिएको छ । जसमा उनले आफू जाहेरीकर्ताकै जोडबलमा नगरकोट घुम्न गएको र नगरकोटबाट फर्कने क्रममा आफूले होस्टलमै निजलाई छोडिदिने उद्देश्यले होस्टेलको लोकेसन माग्दा निजले होस्टल बन्द भइसक्यो भनेपछि ‘होटल काठमाडौँ इन’ मा फोन गरी कोठा बुक गरिदिएको सन्दीपको भनाइ छ ।

राति एउटै कोठामा बसेको स्वीकार गरे पनि एउटै बेडमा नसुतेको सन्दीपले बयान दिएका छन् । किशोरी बेडमा र आफू कुर्सीमा बसेर लामो समय कुराकानी गरेको तथा आफू कुर्सीमै केहीबेर निदाएको उनले बताएका छन् । बिहान उठेर आफूले किशोरीलाई आफ्नै गाडीमा होस्टलसम्म पुर्याइदिएको उनको भनाइ छ ।

उता सन्दीपविरुद्ध जाहेरी दिने किशोरीले आफूमाथि सन्दीपले राति दुई पटक जबरजस्ती गरेको आरोप लगाएकी छन् ।

सोमबार प्रहरीले अदालतमा बुझाएको अभियोग पत्रमा समावेश बयानमा उनले सन्दीपले झुक्याएर नगरकोट लगेको तथा फर्किएर काठमाडौंको एउटा होटलमा राखी राति दुई पटक करणी गरेको दाबी गरेकी हुन् ।

आजदेखि प्रतिवादीको बयान लिएर थुनछेक बहस सुरु हुनेछ । अदालतले बुधबार साँझसम्म फैसला गर्ने अनुमान गरिएको छ ।