१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तौल घटाउन चाहानुहुन्छ, बिहानै उठेर गर्नुहोस् यस्तो



अ+ अ-

काठमाडौं । धेरैजसो मानिसहरु बिहान उठेर दुध हालेको चिया पिउनाले स्वास्थयमा असर पर्छ। यदि तपाईं तौल घटाउने योजनामा हुनुहुन्छ भने बिहान उठेर खाने खानालाई परिवर्तन गर्नुपर्ने हुन्छ । दुधको सट्टामा तेजपातको चिया पिउन आवश्यक छ । यसले तौल घटाउन आवश्यक छ । खाना, तरकारी आदिमा प्रयोग गरिने तेजपातको चियाले तौल घटाउन मद्दत गर्छ ।

विशेषज्ञका अनुसार तेजपातमा भरपुर मात्रामा पोषक तत्व पाइन्छ । यसमा एन्टी अक्सिडेन्ट, क्याल्शियम, सेलेनियम, आइरन, कपर र पोटाशियम पाइन्छ । यदि तपाईं हरेक दिन बिहान यसको चिया पिउँदा स्वास्थ्यमा धेरै फाइदा पाइन्छ । 

तेजपातको चिया बनाउनका लागि ३ वटा तेजपात लिने, यसमा एक चुट्की दालचिनी पाउडर, २ कप पानी, कागती र मह लिने । तेजपातलाई राम्रोसँग पखाल्ने र उमालेको पानीमा राख्ने । र यसमा दालचिनीको पाउडर मिसाउने । यसलाई १० मिनेटसम्म पकाउने र छानेर चिया पिउने गर्नुपर्छ । स्वादिष्ट बनाउनका लागि मह र निम्बु मिसाउन सकिन्छ । 

तेजपातको चियामा मेटाबोलिज्म बढाउने पदार्थ पाइन्छ । यसले शरीरमा अनावश्यक बोसोलाई पगाल्न मद्दत गर्छ । यसमा प्रोटिन र फाइबर पाइन्छ । दालचिनीले शरीरमा डिटोक्स गर्ने काम गर्छ । यसका साथै, यो चिया पिउने गर्दा चिन्ताको मात्रा कम हुन्छ । र तौल पनि कम हुन्छ ।