२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी र एमाले नेता रावलबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावल शीतल निवास पुगेका छन् । शनिबार साँझ नेता रावल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् ।   शनिबार साँझ ५ बजेर १० मिनेटदेखि ७ बजेर ४० मिनेटसम्म छलफल भएको शीतल निवास श्रोतले जानकारी दियो ।

नेता रावल पछिल्लो समय एमालेको माधव समूहबाट टाढिएर अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएको बताइन्छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाल पक्षका सांसदहरुले विश्वास मत दिएको भए पनि रावलले दिनु भएको थिएन् ।

त्यस्तै अध्यक्ष केपी ओली पक्षले पनि नेपाल पक्षलाई बैठक तथा पार्टीगत गतिविधि नगर्न चेतावनी दिँदै आएको छ। नेपाल समूहको बैठकलाई अनाधिकृत भन्दै त्यस्ता गतिविधि गरेमा कारवाही गर्ने चेतावनी समेत दिएको थियो ।