२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो हजुरआमाको जस्तै अरुको ज्यान नजाओेस्, भ्वाइसको पैसाले दुइ ओटा एम्बुलेन्स सहयोग गर्छु : किरण गजमेर



अ+ अ-

काठमाडौं । 'द भ्वाइस अफ नेपाल सिजन–३' को उपाधि विजेता किरण गजमेरले आफुले पाउने रकमको दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका छन् । शनिबार राती उपाधिको छिनोफानो भएसँगै उनले आफुले पाउने  २५ लाखमध्ये एक हजार रुपैयाँ आमालाई दिने र अरु पैसाले दुई वटा एम्बुलेन्स सहयोग बताएका हुन् । 

उनले विगतमा उपचार नपाएकै कारण आफूले हजुरआमालाई गुमाएको सम्झँदै भनेका छन् : ‘ट्रफी त लैजान्छु नै । जितेको २५ लाखमध्ये एक हजार रुपैयाँ आमालाई दिन्छु । अनि अरु पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र पैसा बाँकी रहे कोरोना विरुद्धको खोप लगाउनबाट वञ्चित भएकाहरुलाई सहयोग गर्छु ।’

विगतमा आफूले शरणार्थी जीवन बिताउँदा पाएको दुस्ख कष्ट सम्झँदै उनले उपचार नपाउँदा हजुरआमालाई गुमाएको भन्दै एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् । उनले भने – ‘हिजो चप्पल किन्ने अवस्था नहुँदा पनि म ठिक थिए, जितेको रकमले शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु ।’

एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा भ्वाइस अफ नेपालको उपाधिको छिनोफानो भएको हो । उनले आर्यन तामाङ, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै भ्वाइस अफ नेपालको उपाधि जितेका हुन्। 

अमेरिका बस्दै आएका किरण झापाको खुदुनाबारीमा रहेको भुटानी शरणार्थी शिविरमा जन्मिएका हुन् ।  किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद पनि दिएका छन् ।