१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरो हजुरआमाको जस्तै अरुको ज्यान नजाओेस्, भ्वाइसको पैसाले दुइ ओटा एम्बुलेन्स सहयोग गर्छु : किरण गजमेर



अ+ अ-

काठमाडौं । 'द भ्वाइस अफ नेपाल सिजन–३' को उपाधि विजेता किरण गजमेरले आफुले पाउने रकमको दुई वटा एम्बुलेन्स सहयोग गर्ने बताएका छन् । शनिबार राती उपाधिको छिनोफानो भएसँगै उनले आफुले पाउने  २५ लाखमध्ये एक हजार रुपैयाँ आमालाई दिने र अरु पैसाले दुई वटा एम्बुलेन्स सहयोग बताएका हुन् । 

उनले विगतमा उपचार नपाएकै कारण आफूले हजुरआमालाई गुमाएको सम्झँदै भनेका छन् : ‘ट्रफी त लैजान्छु नै । जितेको २५ लाखमध्ये एक हजार रुपैयाँ आमालाई दिन्छु । अनि अरु पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र पैसा बाँकी रहे कोरोना विरुद्धको खोप लगाउनबाट वञ्चित भएकाहरुलाई सहयोग गर्छु ।’

विगतमा आफूले शरणार्थी जीवन बिताउँदा पाएको दुस्ख कष्ट सम्झँदै उनले उपचार नपाउँदा हजुरआमालाई गुमाएको भन्दै एम्बुलेन्स सहयोग गर्ने बताएका हुन् । उनले भने – ‘हिजो चप्पल किन्ने अवस्था नहुँदा पनि म ठिक थिए, जितेको रकमले शरणार्थीका लागि एम्बुलेन्स सहयोग गर्छु ।’

एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा भ्वाइस अफ नेपालको उपाधिको छिनोफानो भएको हो । उनले आर्यन तामाङ, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै भ्वाइस अफ नेपालको उपाधि जितेका हुन्। 

अमेरिका बस्दै आएका किरण झापाको खुदुनाबारीमा रहेको भुटानी शरणार्थी शिविरमा जन्मिएका हुन् ।  किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद पनि दिएका छन् ।