१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको साझा कार्यक्रम सार्वजनिक गर्ने



अ+ अ-

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।  सत्ता गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा आज  सिंहदरबारमा  सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने भएको हो । 

कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएपनि कार्यक्रम सार्वजनिक भने गरिएको छैन ।

कार्यदल संयोजक पूर्णबहादुर खड्काले बिहान १० बजे बालुवाटारमा शीर्ष नेताहरुसँग छलफल गरेर साझा कार्यक्रम सार्वजनिक गर्ने समय र स्थान निश्चित गरिने बताए ।

कार्यदलका एक जना सदस्य रमेश लेखकले भने मन्त्रिपरिषद बैठकबाट साझा कार्यक्रम स्वीकार गरेको भनेर सैद्धान्तिक निर्णय गरेर सार्वजनिक गर्दा राम्रो हुने सुझाव आफूले कार्यदल संयोजक खड्कालाई दिएको जानकारी दिए ।

साझा कार्यक्रममा मन्त्रीहरुको आचारसंहिता, सरकारका प्राथमिकता, संघीयता सुदृढीकरणलगायत विषय समेटिएको नेताहरु बताउँछन् । 

कार्यदलमा कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, डा। मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी नेताहरु देव गुरुङ र वर्षमान पुन तथा जसपा नेताहरु महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ थिए ।