२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिनाउ–दानव करिडोरको काम स्थानीयवासीको व्यवस्थापनपछि– विष्णु पौडेल



file
अ+ अ-

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले तिनाउ–दानव करिडोरको काम अगाडि बढाउन स्थानीयवासीको व्यवस्थापन पहिलो शर्त भएको बताउनुभएको छ । करिडोर निर्माण गर्दा नदी आसपासका बासिन्दा घरबारविहीन हुने भ्रम छरिएको उल्लेख गर्दै उहाँले स्थानीयबासिन्दाको व्यवस्थापनलाई पहिलो प्राथमिकता दिइने बताउनुभयो ।

सोमबार बुटवल–११ युद्धनगरमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा उहाँले पूर्वाधार विकास योजनका काममा जनतालाई भ्रममा पारेर राजनीति गर्न खोजिएको आरोप लगाउनुभयो । राजनीतिक स्वार्थपूतिका निम्ति जनतालाई आतंकित पार्ने काम गलत भएको उहाँको भनाइ थियो ।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि कोरिडोर निर्माणको काम अघि बढाइएको स्पष्ट पार्नुभयो । उहाँले यसबाट कोही जनतालाई पनि घरबासविहीन नबनाइने उल्लेख गर्नुभयो ।