२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू

महाशिवरात्रिमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाइने

महाशिवरात्रिमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाइने
अ अ+ अ-

काठमाडौँ  I पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिका अवसरमा बिजुली बत्ती र फूलले विशेषरूपमा सजाइने भएको छ । पशुपति क्षेत्रका मुख्य चार प्रवेशद्वारमा बिजुलीका ढोका बनाई त्यसभित्र बत्तीको सजावट गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । 

उमाकुण्ड, भुवनेश्वरी, गौशाला र तिलगङ्गामा बिजुली बत्तीको ढोकासहित त्यसभित्र झिलीमिली बनाइने उहाँले सुनाउनुभयो । पशुपतिनाथको मुख्य क्षेत्रमा भने बिजुली बत्तीसँगै फूलको समेत सजावट गरिने भएको छ । 

महाशिवरात्रि पशुपति क्षेत्रमा मनाइने जात्रा पर्वमध्ये मुख्य मानिन्छ । परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचनअनुसार महाशिवरात्रिका दिन पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने गरेको छ । पशुपति क्षेत्रमा आउने भक्तजनलाई विशेष सुविधा दिने गरी कोषले तयारी अघि बढाएको छ ।

फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगतकाे कल्याण गर्ने तत्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने मान्यता रहिआएको छ । 

महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा देशविदेशबाट लाखौँ भक्तजन आउने गर्छन् । हजारौँको सङ्ख्यामा साधुसन्तको आगमन पनि यस अवसरमा हुने गर्छ । पशुपति क्षेत्रमा फागुन लागेदेखि नै साधुसन्तको चहलपहल बढ्न थालेको छ । राजधानीका अन्य स्थानमा अहिले साधुसन्त बढी देखिन थालेका छन् ।

पशुपतिनाथमा विशेष पूजा गर्नेको सङ्ख्या बढ्दै

कोषले पशुपतिनाथ मन्दिरमा महाशिवरात्रिको तयारी सुरु गरेसँगै विशेष पूजा गर्नेको पनि भीड बढ्न थालेको जनाएको छ । कोरोनाको तेस्रो लहर बढ्दै गएपछि माघ ५ गतेदेखि बन्द गरिएको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि भक्तजनका लागि खुला गरिएको थियो । विशेष पूजा भने माघ २९ गते शनिबारदेखि सुरु भएको हो । 

माघ २९ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजा सुरु भएपछि करिब एक हजारभन्दा बढी विशेष पूजा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो अवधिको विशेष पूजाबाट रु १६ लाख ८८ हजार ७०० नगद कोषमा जम्मा भएको प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । 

पशुपतिनाथ मन्दिरमा रु एक हजार १०० देखि रु २५ लाखसम्मको विशेष पूजा हुने गरेको छ । कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि छ । विशेष पूजाबाट कोषलाई वार्षिक रु नौ करोडदेखि रु १० करोडसम्म आम्दानी हुने गरेको छ । आर्थिक वर्ष २०७५र७६ मा विशेष पूजाबाट रु नौ करोड ४० लाख ९३ हजार १४५ आम्दानी भएको थियो । 

आव २०७६र७७ को चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो । कोरोनाका कारण करिब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि त्यस आर्थिक वर्षमा रु छ करोड एक लाख ८९ हजार ४७५ आय भएको कोषले जनाएको छ । आव २०७७र७८ मा पनि कोरोना जोखिम कायमै रहेकाले महाशिवरात्रिका अवसरमा मात्र विशेष पूजा सुरु गरिएको थियो ।

विशेष पूजा सुरु गरेसँगै कोषले यस वर्ष फागुन १७ गते परेको महाशिवरात्रिका लागि तयारी पनि सुरु गरेको छ । तयारीका लागि मङ्गलबार मूल समारोह समिति, उपसमितिका पदाधिकारीलगायत सञ्चारकर्मी र सरोकार भएका निकायका अधिकारीसँग अन्तरक्रिया गरिने जनाइएको छ । रासस