१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट–जुम्ला जोड्ने सुरुङ मार्ग निर्माण गरिने



अ+ अ-

जाजरकोट । जाजरकोट– जुम्ला छिटोछरितो पुग्नका लागि सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम शुरु गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीको बीचमा सुरुङ खोलेर सडक निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो । 

जाजरकोट सदरमुकाम– पाँचकाटिया हुँदै कुशे–८ साङटाबाट जुम्लाको तातोपानी इमिल्चाघारी सडकका लागि सम्भाव्यता अध्ययन गर्न सडक डिभिजन चौरजहारीले प्रक्रिया शुरु गरेको छ । अर्कोतिर सदरमुकाम पाँचकाटिया हुँदै हानीसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जोड्ने सडक निर्माण जारी छ ।
 
त्यस्तै जाजरकोट– डोल्पा सडक खण्डको नलगाड नगरपालिकाबाट बारेकोट हुँदै जुम्ला जोड्ने अर्को सडक बारेकोट जोडिसकेको छ । पाँचकाटिया कायदापाखा सिल्पाचौर लिम्सा सडक खण्डको प्रदेश सरकारको सहयोगमा निर्माण जारी रहेको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताउनुभयो । यो आवमा पनि सो सडक निर्माणका लागि बजेट विनियोजन भइसकेकाले काम निरन्तर जारी रहने प्रदेशसभा सदस्य सिंहले जानकारी दिनुभयो । 

जुम्ला जानका लागि सबै भन्दा छोटो बाटोमध्येको सुरुङ मार्ग नै हुने भएकाले यो निर्माण कार्यलाइ बढी जोड गरिएको छ । जुम्ला सडक जोड्नका लागि अब दुई खण्डको विकास भइरहेको सिंहले बताउनुभयो । 

साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्वाइ झण्डै १० किलोमिटर छ । सुरुङ निर्माणका लागि झण्डै पाँच किलोमिटर भन्दा कम प्वाल बनाउनुपर्ने कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो ।

 हिँडेर झण्डै सात घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ । सुरुङ मार्गबाट ३० मिनेटमै जुम्ला जान सकिने सिंहले बताउनुभयो । लम्बिनी– दाङहुँदै जाजरकोट जुम्लाबाट रारा जोड्नका लागि यो सडक सबै भन्दा छोटो हुने भएकाले काम शुरु गर्न लागिएको बताइएको छ ।