१९ असार २०८३, शुक्रबार
,
Latest
३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

के हो स्क्रबटाइफस रोग ? बढ्न थाले बिरामीको संख्या



अ+ अ-

वाग्मती । मकवानपुर जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् ।  विगत आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०७७/७८ मा  बिरामी सङ्ख्यामा वृद्धि भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो आव ६८ मा सो रोग फेला परेको मध्ये ४९ महिला र १९ पुरुष रहेको जनाइएको छ । 
    
यसअघि आव २०७६/७७ मा २९  र आव २०७५/७६ मा २५ मा उक्त रोग फेला परेको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
चिकित्सकका अनुसार ‘माइट’ नामक किर्नाको टोकाइबाट स्क्रबटाइफस रोग लाग्ने गर्दछ ।  

यसबाट बच्न उक्त किरा खासगरी खेत, झाडी, घाँसलगायतका स्थानमा बस्ने मुसा प्रजातिमा पाइन्छ । स्क्रब भएका मानिसलाई १०४ डिग्रीभन्दा बढी कामज्वरो, धेरै टाउको दुख्ने, पसिना धेरै आउने आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरीरका मुख्य अङ्ग काम गर्ने छोड्ने बताइएको छ ।