५ भाद्र २०८३, शुक्रबार
,
Latest
वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चबाट बदर कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फराकिलो जितसँगै आर्सनल शीर्षस्थानमा



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सानदार जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले नटिङ्हम फरेस्टलाई ५–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन रेइस नेल्सनले दुई गोल गरे भने गाब्रियल मार्टिनेली, थोमस पार्टे र मार्टिन ओडेगार्डले एक–एक गोल गरे ।

खेलको ५ औं मिनेटमा नै आर्सनलले मार्टिनेलीको गोलबाट अग्रता लिएको थियो । ४९ औं मिनेटमा नेल्सनले गोल गर्दै अग्रता दोब्बर पारे ।

यस्तै, ५२ औं मिनेटमा नेल्सनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दा आर्सनल ३–० ले अघि रह्यो । ५७ औं मिनेटमा थोमसले गोल गरे । यस्तै ७८ औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनललाई ५–० को फराकिलो जित दिलाए ।

जितसँगै आर्सनल पुनः अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । १२ खेलबाट ३१ अंक रहेको आर्सनलले दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीसँग दुई अंकको दुरी बढाएको छ । यता, १३ खेलबाट ९ अंकसहित नटिङ्हम भने तालिकाको पुछारमा छ ।