२४ आश्विन २०८१, बिहीबार
,
Latest
चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध अन्त्य गर्ने हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए मेलम्चीको पानी सिधै पिउन योग्य छ– कार्यकारी निर्देशक लामिछाने किन कमजोर बन्दैछन् नेपालीका हड्डी ? ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित पूरै कार्यकाल निर्वाह गर्न पाएँ भने नेपाली खेलकुदमा धेरै सकारात्मक परिवर्तन हुनेछन्ः खेलकुदमन्त्री (अन्तरवार्ता) फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर) भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा पक्राउ



अ+ अ-

डोटी । प्राविधिक प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा बझाङ सुर्मा गाउँपालिका-३ बस्ने २० वर्षीय करन बिसिलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा प्राविधिक प्रहरी जवान पदको अन्तर्वार्ता परीक्षामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गर्दा बिसिले लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको उक्त तालिम केन्द्रले जनाएको छ ।