• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न ★   जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे… ★   महाकाली नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

प्रधानमन्त्री कप क्रिकेटः एपिएफ र पुलिसको विजयी शुरुवात



काठमाडौँ । विभागीय टोलीद्वय एपिएफ क्लव र नेपाल पुलिस क्लवले आईतवारबाट शुरु भएको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा विजयी शुरुवात गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि ५६ रनको जित निकाल्दा अर्को खेलमा पुलिसले वागमती प्रदेशमाथि १ सय ९२ रनको फराकिलो जित निकालेका हो । यससँगै दुवै विभागीय टोलीले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा विजयी शुरुवात गरेका हुन् । पहिला ब्याटिङ गर्दै एपिएफले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको आर्मीले ३२।१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ६३ रन बनाउन सक्यो ।

ओपनर हरि चौहान र रोहितकुमार पौडेलले अर्धशतकीय पारी खेलेको खेलमा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् । चौहानले ६७ बलमा ७ चौका र १ छक्कासहित ६५ रनको व्यत्तिगत स्कोर बनाउँदा रोहित पौडेलले ५९ बलमा ७ चौकासहित ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । २ विकेट गुमाउँदा ४७ रन बनाएको आर्मीले ३ विकेट गुमाउँदा १ सय ४२ बनाएको थियो । त्यसपछि मध्यक्रमका ब्याट्सम्यानले जमेर खेल्न सकेनन् । आर्मीबिरुद्ध कसिलो बलिङ गर्ने क्रममा एपिएफका लागि अमर रौटेलालले ५।१ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । यस्तै, कमलसिंह ऐरीले १० ओभरमा ५६ रन खर्चेर १ मेडनसहित ३ विकेट निकाल्दा किशोर महतोले ८ ओभरमा २९ रन खर्चेर २ विकेट आफ्नो नाममा लेखाए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले ४७।४ ओभरमा सबै विकेट गुमाएर २ सय १९ रन जोडेको थियो । पुलिसका लागि ओपनर प्रदीप ऐरीले ८० बलमा ४ चौका र ६ छक्कासहित ७१ रनको अर्धशतकीय इनिङ खेल्दा अर्का ओपनर आशिफ शेख ९ रन बनाएर पेभेलियन फर्किएका थिए । लोकेश बम शुन्यमा पेभेलियन फर्किएपछि भुवन कार्कीले २६ रन बनाएर आउट हुँदा पाँचौं नम्बरमा क्रिजमा उत्रिएका सन्दीप जोराले अर्धशतक बनाएका थिए । एपिएफका लागि ६२ बलको सामना गरेका सन्दीपले ६ चौका प्रहार गरे । कप्तान शरद भेसावकर १६ रन बनाएर पेभेलियन फर्किंदा अमरसिंह रौटेला १० रनमा अविजित रहे । बलिङ तर्फ आर्मीका विक्रम सोबले सर्वाधिक ४ विकेट लिए । विक्रमले ७।४ ओभरमा २३ रन खर्चिएका थिए । यस्तै, साहब आलम र कुशल मल्लले २÷२ तथा सुशन भारी र जितेन्द्र मुखियाले १÷१ विकेट निकाले ।

प्रतियोगिता अन्तर्गत आईतवार नै सम्पन्न अर्को खेलमा पुलिसले वागमतीलाई ९७ रनमा रोक्यो । २ सय ९० रनको लक्ष्य पछ्याएको वागमती २८ ओभरमा समेटिएको थियो । मुलपानी क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरेको वागमतीका लागि इशान पाण्डेले बनाएको २४ रन नै सर्वाधिक रह्यो । रामनरेश गिरीले अविजित २२ तथा प्रतिष जिसीले १४ रन बनाउँदा नन्दन यादव १० रनमा आउट हुँदा कप्तान ज्ञानेन्द्र मल्लले ४ रनमै पवेलियन फर्किए ।

पुलिसका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । करण केसी, गुलसन झा र सागर ढकालले २÷२ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ८९ रन बनाएको थियो । पुलिसका लागि दीपेन्द्र सिंह ऐरीले १ सय ८ रनको शतकीय इनीङ खेले । उनले ८२ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । यस्तै कुशल भुर्तेल र सुनिल धमलाले समान ३७ रन जोड्दा आरिफ शेखले ३६ रन बनाए । योगेन्द्र सिंह कार्की १६ रनमा आउट भए । पवन सर्राफ १५ रनमा अविजित रहँदा दिलीप नाथले अविजित १२ रन जोडे । वागमतीका नन्दन यादवले २ विकेट लिए । रामनरेश गिरी, सूर्य तामाङ र सोनु देवकोटाको नाममा १÷१ विकेट रह्यो । जितसँगै समूह ‘बी’ मा रहेको पुलिसले पहिलो खेलमै २ अंक जोडेको छ । वागमतीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

प्रतियोगितामा सोमवार पनि दुई खेल हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच खेल हुँदा मुलपानीमा नेपाल पुलिस र प्रदेश १ बीच प्रतिष्पर्धा हुनेछ ।