२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दार्चुला घटना: नेपालले भारतलाई पठायो कूटनीतिक नोट



अ+ अ-

काठमाडौँ । दार्चुला घटनामा नेपाली बालकको मृत्यु भएको विषयमा नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ । महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक चौडा बनाउने क्रममा बम विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङका नौ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो ।

परराष्ट्र मन्त्रालयले काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारतलाई आइतबार कूटनीतिक नोट पठाएको हो । गृह मन्त्रालयले कूटनीतिक नोट पठाउन शनिबार नै परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको थियो । तर घटनाको विस्तृत रिपोर्ट नआएका कारण आइतबार मात्र कूटनीतिक नोट पठाइएको हो ।

मन्त्रालयले नोटमा पीडितलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था मिलाउन आग्रह गरिएको छ । साथै अन्तर्राष्ट्रिय सिमानामा यस्ता गतिविधि गर्दा नेपाली पक्ष र सम्बन्धित स्थानीय प्रशासन र बासिन्दालाई अगाडि नै जानकारी दिन अनुरोध गरिएको छ ।

भारतीय पक्षले माग्यो माफी

भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले विस्फोटबाट बालकको मृत्युप्रति गल्ती स्वीकार्दै मृतक परिवारलाई १० लाख भारु राहत उपलब्ध गराएको छ ।

धारचुला–लिपुलेक–कैलाश मानसरोवर सडक खण्डअन्तर्गत नज्याङ–लखनपुर भीरमा भारतीय पक्षले बम विस्फोट गराउँदा उछिट्टिएर वारि तम्बाकुमा आइपुगेको ढुंगा लागेर शुक्रबार बिहान महराको घटनास्थलमै मृत्यु भएको थियो ।