१७ आश्विन २०८१, बिहीबार
,
Latest
रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा बाढीपछि पर्यटकको पर्खाइमा सौराहाका होटल व्यवसायी विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण राजदेवी मन्दिर डुबानमा पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना झ्याप्ले खोलाले पुर्यो बाढीपहिरो र डुबान प्रभावित १७ हजार भन्दा बढीको उद्धार: गृह मन्त्रालय ग्लोबल बैंकले ल्यायो सेयर धितो कर्जा लिन मिल्ने डिजिटल प्लेटफर्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिप्पर दुर्घटना अपडेट : चारको मृत्यु, पाँच जना घाइते



अ+ अ-

बैतडी । बैतडीको पाटनमा आज भएको टिप्पर दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी तीनको घटनास्थलमै तथा एक जनाको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीका अनुसार मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन  नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त  र पाटन नगरपालिका–३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन् । राजेन्द्रको उपचार गर्न डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । अन्य तीनको घटनास्थलमा ज्यान गएको हो ।  

दुर्घटनामा पाटन नगरपालिका–३ का २० वर्षीय सन्दीप विष्ट, १२ वार्षीय सुनिल भट्ट, १२ वर्षीय अमित विष्ट, १२ वर्षीय सुदीप पन्त र महेशप्रसाद पन्त छन् ।  उनीहरुमध्ये सन्दीपको अवस्था गम्भीर रहेकाले धनगढी रेफर गरिएको छ भने अन्य चारजनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । गुजरबाट पाटनतर्फ आइरहेको बा३ख ४८७९ नंको टिप्पर झाडीमालीमा दुर्घटनामा परेको हो । विद्यालयको छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिप्परमा चढेका थिए । टिप्पर सडकबाट ३०० मिटर तल खसेको थियो । टिप्पर चालक रमेश विष्ट प्रहरीको नियन्त्रणमा छन् । रासस