१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिप्पर दुर्घटना अपडेट : चारको मृत्यु, पाँच जना घाइते



अ+ अ-

बैतडी । बैतडीको पाटनमा आज भएको टिप्पर दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी तीनको घटनास्थलमै तथा एक जनाको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीका अनुसार मृत्यु हुनेमा सिगास मावि गुरुडामा अध्ययनरत पाटन  नगरपालिका–३ का १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी, १४ वर्षीय राजेन्द्र पन्त  र पाटन नगरपालिका–३ कै ४५ वर्षीय जनकराज पन्त रहेका छन् । राजेन्द्रको उपचार गर्न डडेल्धुरा अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । अन्य तीनको घटनास्थलमा ज्यान गएको हो ।  

दुर्घटनामा पाटन नगरपालिका–३ का २० वर्षीय सन्दीप विष्ट, १२ वार्षीय सुनिल भट्ट, १२ वर्षीय अमित विष्ट, १२ वर्षीय सुदीप पन्त र महेशप्रसाद पन्त छन् ।  उनीहरुमध्ये सन्दीपको अवस्था गम्भीर रहेकाले धनगढी रेफर गरिएको छ भने अन्य चारजनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । गुजरबाट पाटनतर्फ आइरहेको बा३ख ४८७९ नंको टिप्पर झाडीमालीमा दुर्घटनामा परेको हो । विद्यालयको छुट्टी भएपछि घर फर्किरहेका विद्यार्थी उक्त टिप्परमा चढेका थिए । टिप्पर सडकबाट ३०० मिटर तल खसेको थियो । टिप्पर चालक रमेश विष्ट प्रहरीको नियन्त्रणमा छन् । रासस