• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने ★   शिक्षा मन्त्री विद्याले सम्झिइन कास्कीका जनता, निष्ठाका साथ भूमिका निर्वाह गर्ने संकल्प ★   शुभकामना दिन खादा र माला प्रयोग नगर्न तथा मेसेन्जरबाट सन्देश पठाउन प्रधानमन्त्री ओलीको आग्रह ★   प्रोत्साहित हुने नीति लिइन्छ : प्रधानमन्त्री, मनोबल बढाउनुपर्छ : ढकाल ★   करार र अस्थायी कर्मचारी नहटाउन सतर्कता केन्द्रको निर्देशन ★   आज हरिशयनी एकादशी : घरघरमा तुलसी रोपिँदै ★   सिमलताल दुर्घटनाः १७ शव फेला, नौको पहिचान,नवलपुरमा आज थप चार शव भेटिए ★   पत्रकारिताको धारमा बहस गरौं: प्रेस काउन्सिल अध्यक्ष बस्नेत ★   पशुपति कोटीहोम महायज्ञ सुरु ★   वनमा छाडिएका वृद्धको उद्धार

राष्ट्रियसभाको बैठक: मन्त्रिपरिषद् चाँडो विस्तार गर्न माग



काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् ।

बैठकमा सदस्य डा विमला राई पौड्यालले छिटो मन्त्रिपरिषद् विस्तार गर्न र सरकार संसद्प्रति जवाफदेही बन्न आग्रह गर्नुभयो ।  सदस्य डा खिमलाल देवकोटाले सरकार पारदर्शीरुपमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै ज्येष्ठ नागरिकका मुहारमा खुशी ल्याउने कार्यक्रम ल्याउन सुझाव दिनुभयो । 

सदस्य शेरबहादुर कुँवरले दार्चुलामा तुइनबाट सीमापार गर्न लाग्दा बेपत्ता भएका नागरिकका सम्बन्धमा सरकारले देशको स्वाभिमान उँचो राख्ने गरी प्रभावकारी छानविन गरी काम गर्न माग गर्नुभयो ।

अर्का सदस्य जीतेन्द्रनारायण देवले विगतका समयमा आमूल परिवर्तनका लागि भएको आन्दोलनको मर्म र भावनाअनुसार नयाँ सरकारले काम गर्न र वर्तमान गठबन्धन लामो सयमसम्म अघि बढेमा सङ्घीयता, समावेशीता, गणतन्त्र र रुपान्तरणका कार्यसूची सफल हुने बताउनुभयो । 

सदस्य चक्रप्रसाद स्नेहीले छिमेकी भारतले नेपालसँग ‘रोटी र बेटी’को सम्बन्ध भनिए पनि यसअनुसारको व्यवहार नभएको बताउनुभयो । सदस्य खेमकुमार विकले प्रतिनिधिसभा दुई पटकसम्म विघटन हुनुले जनताको सार्वभौम थलोमाथि आक्रमण भएको बताउनुभयो । सदस्य देवेन्द्र दाहालले सदनमा  विधेयक ल्याउन सरकारसँग आग्रह गर्नुभयो ।