• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

काठमाडौँमा नेपाल–जर्मन मार्ट



काठमाडौँ । काठमाडौँ स्थित जर्मन दूतावासमा ‘नेपाल–जर्मन मार्ट–२०२२’ मेला सुरु भएको छ । आजदेखि सुरु भएको दुईदिने मेलाको नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जले उद्घाटन गर्नुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल र जर्मनीबीचको व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको मेलामा नेपाल र जर्मनीका उत्पादनहरूका साथै खाना र संस्कृतिको प्रदर्शन भइरहेको छ । नेपाल–जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनजीसीसीआई)ले जर्मन दूतावास काठमाडौँको सहकार्यमा प्रदर्शनी आयोजना गरेको हो ।

 

जर्मन राजदूत डा प्रिन्जले भन्नुभयो, “कोभिडका कारणले दुई वर्षदेखि अवरुद्ध भएको द्विपक्षीय व्यापारमा सकारात्मक विकासलाई निरन्तरता दिने हाम्रो उद्देश्य रहेको छ ।”

नेपाल र जर्मनीका ४० कम्पनीको सहभागिता रहने प्रदर्शनीमा जलविद्युत्, अटोमोबाइल र पर्यटन क्षेत्रका कम्पनीका स्टलहरू रहेका छन् । साथै गलैँचा, फेल्ट, हस्तकला आदिका ‘स्टल’ रहेका छन् । नेपाली तथा जर्मन खाद्य तथा पेय पदार्थका स्टलसमेत राखिएको छ । मेलामा सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिने जनाइएको छ ।

प्रदर्शनीको लक्ष्य नेपाल र जर्मनीबीच सहकार्यको निम्ति आधार निर्माण गरी द्विपक्षीय आर्थिक सम्बन्धमा योगदान पु¥याउने रहेको छ । मेलामा करिब आठ सय जना प्रत्यक्ष र भर्चुअल प्रदर्शनीमा लगभग सात हजारले भाग लिने आयोजकको दाबी छ । रासस