• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले ★   गोर्खा मिडिया नेटवक प्रा.लि.मा प्रवाहित रकमबारे संसदीय समितिको चासो ★   चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध ★   ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट २५ मिलियन डलर ऋण लिँदै ★   प्रभु बैँक लि.र मुस्ताङ्ग जिल्लाका विभिन्न होटल तथा रेष्टुरेन्ट बीच छुट सम्झौता

अमेरिकी सभामुखका श्रीमानको टाउकोको शल्यक्रिया



एजेन्सी । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीका श्रीमान्को टाउकोको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसी निवासमा शुक्रबार बिहानै पसेको आक्रमणकारीले ८२ वर्षीय पल पेलोसीमाथि हथौडी प्रहार गरेको थियो ।

टाउको र हातमा गम्भीर चोट लागेका उहाँलाई जुकरवर्ग सान फ्रान्सिस्को जनरल अस्पताल भर्ना गरिएको थियो । आक्रमणकारीले उहाँलाई बाँध्ने प्रयास गरेको थियो । आक्रमणकारी सभामुखमाथि प्रहार गर्न त्यहाँ गएको अनुमान गरिएको छ । उसले सभामुखसँग भेट्न चाहेको बताएको थियो । केबल न्युज नेटवर्कका अनुसार डेभिड डेपेपलाई आगामी मङ्गलबार हत्या प्रयासलगायत फौज्दारी मुद्दामा न्यायाधीशसमक्ष प्रस्तुत गरिनेछ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणलाई घृणित कार्य भन्दै त्यसको भत्र्सना गर्नुभएको छ । उहाँले कुनै पनि बाहनामा हिंसा स्वीकार्य नहुने बताउनुभएको छ । अमेरिकामा कुनै पनि किसिमका हिंसालाई स्थान नभएको राष्ट्रपतिले स्पष्ट गर्नुभएको छ ।