३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी सभामुखका श्रीमानको टाउकोको शल्यक्रिया



अ+ अ-

एजेन्सी । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीका श्रीमान्को टाउकोको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसी निवासमा शुक्रबार बिहानै पसेको आक्रमणकारीले ८२ वर्षीय पल पेलोसीमाथि हथौडी प्रहार गरेको थियो ।

टाउको र हातमा गम्भीर चोट लागेका उहाँलाई जुकरवर्ग सान फ्रान्सिस्को जनरल अस्पताल भर्ना गरिएको थियो । आक्रमणकारीले उहाँलाई बाँध्ने प्रयास गरेको थियो । आक्रमणकारी सभामुखमाथि प्रहार गर्न त्यहाँ गएको अनुमान गरिएको छ । उसले सभामुखसँग भेट्न चाहेको बताएको थियो । केबल न्युज नेटवर्कका अनुसार डेभिड डेपेपलाई आगामी मङ्गलबार हत्या प्रयासलगायत फौज्दारी मुद्दामा न्यायाधीशसमक्ष प्रस्तुत गरिनेछ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणलाई घृणित कार्य भन्दै त्यसको भत्र्सना गर्नुभएको छ । उहाँले कुनै पनि बाहनामा हिंसा स्वीकार्य नहुने बताउनुभएको छ । अमेरिकामा कुनै पनि किसिमका हिंसालाई स्थान नभएको राष्ट्रपतिले स्पष्ट गर्नुभएको छ ।