६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराईमा छठको रौनक, बजारमा बढ्यो चहलपहल



अ+ अ-

काठमाडौँ । छठ पर्व सुरु भएसँगै तराईका बजारमा पूजा सामग्री खरिदबिक्रीका लागि हुने चहलपहल बढेको छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट छठ पर्व विधिवत्मा रुपमा सुरु भएसँगै चहलपहल पनि बढेको हो ।

छठ पूजाका लागि आवश्यक पूजन सामग्री, हरियो तरकारी, फलफूल किन्ने ग्राहकहरुको भिड देखिन्छ । खासगरीे छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानीसहितको नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, गागल, मूला, अदुवाको बोटलगायतका फलफूल, हरियो तरकारी, माटो तथा बाँसका सामग्री खरिद गर्नेको भिड बजारमा देख्न सकिन्छ ।

छठ पूजामा आकर्षक सजावटका लागि नेपालमै सबैभन्दा बढी चर्चामा रहँदै आएको वीरगञ्जको घडीअर्वा पोखरी छठघाटको व्यवस्थापन र सजावटको काम तीव्र गतिमा भइरहेको छ ।

साथै, व्रतालुहरु छठका लागि बाँसको नाङ्लो, ढाकी, कोनिया, डगरी, माटोको हात्ती, दियो, ढकना, कोशिया, कुरवार, केरालगायत फलफूल, उखु, भोगटे, कागती, सखरलगायतका पूजा सामग्री खरिदमा व्यस्त देखिएका छन् ।

त्यस्तै छठ पूजामा नयाँ कपडा लाउनुपर्ने भएकाले कपडा पसलहरुमा पनि उत्तिकै भिड हुने गरेको छ । छठ पर्व मनाउनेहरु पोखरीको डिल र नदीको किनारको सरसफाइ गर्दै आ९आफ्ना पूजास्थल सुरक्षित गर्नमा तल्लीन भएर जुटेका छन् । मध्यतराईका जिल्लामा रहेका छठी घाटहरूमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि कामहरू पनि भएका छन् । स्थानीय एफएम रेडियोहरुसमेत छठका गीतले गुञ्जायमान छन् भने बजारलाई छठका सामग्रीहरुले भरिभराउ छ ।

करिब एक महिना अगावै माछा, मासु खान छाडेका महिलाहरु हिजो शुक्रबार लसुन र प्याज बिना खाना खाएका छन् । उनीहरुले आज रहरको दाल, लौका र भात खान्छन् ।

छठ पर्वलाई निकै कठिन पर्वका रुपमा लिइन्छ । सूर्य र जलको शक्ति र महत्व झल्काउने यस पर्वमा शुद्ध खाने कुरा खानुपर्ने र यस पर्वमा अन्नपानी नखाई तीन दिन भोकै बसी व्रत गर्ने चलन रहेको वीरगञ्जको सञ्जु देवीले बताइन् । छठको व्रत महिला वा पुरुष जोसुकैले पनि लिने र पूजा गर्ने गरेको संस्कृविविद् उमाशङ्कर द्विवेदीले बताए ।

तराईका जिल्लाहरुमा हिन्दू धर्ममा वर्षभरी उदाउँदो सूर्यलाई मात्र पूजा गरिए पनि यस पर्वमा उदाउँदो र अस्ताउँदो दुवै सूर्यलाई विशेष रुपले पूजा गरिन्छ । छठ पर्वमा विशेषगरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने कुरा सबैभन्दा विशेष र महत्वपूर्ण हुने गरेको संस्कृतिविद् उमाशङ्कर द्विवेदीको भनाइ छ ।

आफ्नो परिवारको खुसीका लागि यो पर्वमा महिलाहरुले व्रत लिने गरेका छन् । आफूले चाहेको आशीर्वाद छठीमाताले पूरा गरी दिने विश्वासका कारण व्रत बसेको वीरगञ्ज कुम्हाल टोलकी उमावती थापाले बताइन् ।