• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ) ★   सय दिन पुगेको अवसरमा गृह मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एक्सन एण्ड कन्ट्रोल’ रुम ★   सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन गर्ने निर्णय आगामी मन्त्रिपरिषद्ले गर्छ: मन्त्री अधिकारी

शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्योः प्रधानमन्त्री देउवा



फाईल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मुलकको भाषा, कला तथा लोकसाहित्य क्षेत्रको महत्वपूर्ण निधि भएको बताउनुभएको छ ।

ललितपुरको मङ्गलबजारमा नेपाल भाषा मंका खल यलद्वारा शुक्रबार आयोजित कार्यक्रममा शोक मन्तव्य राख्नुहुँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्यो । नेपाल र चीनको सांस्कृतिक सम्बन्ध स्थापित गर्न जोशीले खेलेको भूमिका महत्वपूर्ण छ ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशी जस्तो विद्वान व्यक्तित्व संसारमा विरलै मात्रै जन्मिने बताउनुभयो । “उहाँको बहुगुण सम्पन्न व्यक्तित्व, विज्ञता र देशको साहित्य र संस्कृति उजागर गर्न पु¥याउनुभएको योगदान अतुलनीय र अविस्मरणीय छ ।” मन्त्री श्रेष्ठले भन्नुभयो । “देशको अभिभावक तथा जीवित इतिहास गुमाएको महसुस भएको छ ।”

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जोशीको निधनले एसियाकै महत्वपूर्ण व्यक्ति गुमाउनुपरेको औँल्याउनुभयो । “उहाँले ज्यादै नै अर्थपूर्ण जीवन बाँच्नुभयो । उहाँ ९८ वर्ष हुँदा हामीले ललितपुर महानगरपालिकाबाट निणर्य गराएर सवारी साधन, सुरक्षा र मोबाइल फोनको सुविधा उपलब्ध गराएका थियौँ । नगरप्रमुख महर्जनले भन्नुभयो, “उहाँ जीवितै छँदा सेवा गर्ने अवसर पाएकोमा हर्ष विभोर भएको छु ।”

सत्यमोहन जोशीका माहिला छोरा अनुराज जोशीले आफ्नो बुवा शताब्दी पुरुषको सम्मानमा तीन किसिमका मुद्रा र हुलाक टिकट प्रकाशन गरेर राज्यले विशिष्ट सम्मान गरेको बताउनुभयो । “नागरिकको नाममा जीवितै छँदा मुद्रा र हुलाक टिकट निस्कनु, मृत्युु भएपछि सम्मानमा सार्वजनिक बिदा घोषणा गर्नु ठूलो कुरा हो । हामी राज्य प्रति कृतज्ञता ज्ञापन गर्छौँ”, जोशीले भन्नुभयो ।

नेपाल भाषा मंका खलः यलका अध्यक्ष हिराकाजी महर्जनले सत्यमोहन जोशीको राष्ट्रिय व्यक्तित्वलाई अजरअमर बनाइ राख्ने उद्देश्यले सत्यमोहन जोशी भाषा साहित्य पुरस्कार स्थापना गरिएको जानकारी गराउनुभयो । भाषा साहित्यको विकासमा सहयोग पु¥याउनका लागि हाल रु ५१ हजार राशिको पुरस्कार कोष स्थापना गरिएको महर्जनले बताउनुसभयो ।