२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकियो टोकियो ओलम्पिक



अ+ अ-

काठमाडौं । टोकियो ओलम्पिक २०२० समापन भएको छ । तीन वर्षपछि फ्रान्सको पेरिसमा भेट्ने वाचासहित ओलम्पिक आइतबार सफलतापूर्वक सम्पन्न भएको हो । 

कोरोना महामारीको त्रासका बीच जुलाई २३ मा सुरु भएको ३२ औं संस्करण जापानको राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमका बीच टोकियो ओलम्पिक २०२० को समापन गरिएको हो । कोरोना महामारीको बावजुद पनि आयोजक जापानले विश्व खेलकुदको कुम्भमेलालाई राम्रोसंग आयोजना गर्न सफल भयो ।

यस पटक ओलम्पिकमा शरणार्थी टिमसहित विश्वभरका २०५ देशका करिब ११ हजार खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।