१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

एक्लोपनको कथामा ‘महापुरुष’

एक्लोपनको कथामा ‘महापुरुष’
अ अ+ अ-

काठमाडौँ । फ्राइडे फिल्मअन्तर्गत ‘महापुरुष’ प्रदर्शन भएको छ । एकल प्रदर्शनमा आएको फिल्मलाई जात्रा, शत्रु गते र जात्रै जात्रा निर्देशन गरेर दर्शक र समीक्षकको मन जितिसक्नु भएका निर्देशक प्रदीप भट्टराईले लेखन र निर्देशन गर्नुभएको छ ।

सार्वजनिक प्रदर्शन अगावै यसको काठमाडौँमा वल्र्ड प्रिमियर र उपत्यकाबाहिर चितवन र इटहरीमा मोफसल प्रिमियर भइसकेको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरु विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराइली मुख्य भूमिकामा रहेका फिल्ममा एक्लोपनको विषयवस्तु देखाइएको छ ।

फिल्म आदर्शनगर भन्ने समाजबाट सुरु हुन्छ । जहाँ देखिँदा सबै आदर्शवादी छन् । अन्यले पनि त्यहाँको सभ्य समाजको चर्चा गर्ने गरेका छन् । फिल्ममा बालकृष्ण केसी ९हरिवंश०ले अवकाशप्राप्त शिक्षकको भूमिका निर्वाह गर्नुभएको छ । उहाँको श्रीमतीको देहान्त भइसकेको छ भने दुई छोरा छन् । जेठो छोरा विदुर केसी ९रवीन्द्र० आफ्नी श्रीमती र बच्चासँग छुट्टै बस्नुहुन्छ । कान्छो छोरा विज्ञान ९अरुण० भने स्वदेशमा केही नभएपछि अष्ट्रेलिया जान कोसिस गरिरहनुभएको छ ।

आदर्शनगरमा केही वृद्धहरू पनि छन् । यद्यपि बाहिर सुखी देखिए पनि मनभित्र खुसी छैनन् । आफ्नो सन्तानको खुसीकै लागि उनीहरू बाँचेर बसिरहेका छन् । फिल्मको कथालाई बालकृष्णकै माध्यमबाट भनिएको छ । उहाँलाई समाजले ‘महापुरुष’ भन्छन् । विज्ञान अष्ट्रेलिया जानलाई केही उपाय नलागेपछि प्रतिष्ठा ९अन्जना०सँग डिपेन्डेन्टमा जान तयार हुनहुन्छ । यद्यपि प्रतिष्ठा भने वास्तविक बिहे गरेर नै जाने योजनामा हुनहुन्छ । उनीहरूको भेट कन्सल्टेन्सीमार्फत भेट हुन्छ । प्रतिष्ठाको पिता मदनकृष्ण र आमा कोपिला पनि विज्ञानलाई देखेपछि विवाह गर्न तयार हुनुहुन्छ ।

सम्धी एक्लै र आदर्शनगरमा बसोबास रहेको थाहा पाएपछि मदनकृष्णले ‘महापुरुष’ कै उपाधिसमेत दिनुहुन्छ । तर बाहिरबाट जति सुखी देखिएता पनि भित्र मनबाट त्यति नै एक्लो हुनहुन्छ बालकृष्ण । घरमा कुरा गर्नेसमेत कोही नभएपछि उहाँले सुगासँग आफ्नो मनको कुरा गर्ने गर्नुभएको छ । श्रीमती छैनन् । एउटा छोरा श्रीमतीसँग अलग्गै बस्ने र कान्छो छोरा अष्ट्रेलिया जने भएपछि झनै एक्लो महसुस गर्नुहुन्छ । यहीँ कारण उहाँ बिरामी पर्नुहुन्छ । डाक्टरले बाहिर घुमघाम गराउन र व्यस्त बनाउन आग्रह गरेपछि छिमेकी बाबुराम (राजाराम)सँग छोराहरूले नाटक हेर्न पठाउँछन् ।

त्यहाँ हरिवंशको भेट फुलमाया (गौरी)सँग हुन्छ । विस्तारै उहाँहरू नजिकिनुहुन्छ । बुबाको विवाहको कारणले आफ्नो विवाह नहुने र अष्ट्रेलिया जान नपाउने थाहा पाएपछि विज्ञान झनै दुईलाई छुट्याउन लाग्नुहुन्छ । त्यसले घटाउने विविध घटनाक्रमले बालकृष्णले फुलमायाले घरमै ल्याउनुहुन्छ । त्यसपछि कथामा द्वन्द्वको सुरुआत हुन्छ । बालकृष्ण र फुलमायको विवाह होला त रु आदर्शनगरले त्यो सम्बन्धलाई कसरी लेला रु विवाह गरेर अष्ट्रेलिया जाने तयारीमा रहेका विज्ञानले आफ्नो सट्टा बुबाको विवाह गराउनु होला रु यी सब प्रश्नको जवाफ फिल्म हेरेपछि पाइन्छ ।

“हामीले एक्लो अभिभावकको कथालाई सरल प्रस्तुतिमार्फत फिल्ममा भनेका छौँ । यसले भरिपूर्ण मनोरञ्जन दिन्छ नै साथी हलबाहिर आउँदासम्म प्रभाव पार्छ भन्ने विश्वास छ”, निर्देशक भट्टराईले भन्नुभयो । अघिल्लो फिल्महरूमार्फत प्राप्त गरेको विश्वासलाई घट्न नदिने कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँले जानकारी दिनुभयो । “फिल्म हेर्दाको समय र पैसा खेर जाँदैन । हामीले विश्वास बढाउने काम गरेका छौँ । दर्शकले मनोरँजनसँगै हाम्रो समाजको छुट्टै रुप देख्न पाउनुहुनेछ”, कार्यकारी निर्माता बानियाँले भन्नुभयो । षट्कोण आर्टस प्रालिको ब्यानारमा फिल्मलाई दीपेश खत्रीले निर्माण गर्नुभएको हो ।