२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेरिफविरुद्ध सहज जित निकाल्दै युनाइटेड युरोपा लिगको नकआउट चरणमा



अ+ अ-

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरण अन्तर्गत बिहीबार राति युनाईटेडले सेरिफलाई ३-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदान वल्र्ड ट्राफोर्डमा युनाईटेडलाई जित दिलाउन डिओगो डालोट, मार्कस रास्फोर्ड र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे ।

खेलको ४४ औं मिनेटमा डालोटले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । रास्फोर्डले ६५ औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । त्यसपछि खेलको ८१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सहज जित दिलाए ।

जितसँगै समूह ‘ई’ मा रहेको युनाईटेडले ५ खेलमा १२ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । ३ अंक जोडेको सेरिफ तेस्रो स्थानमा छ ।