१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ छापिँदै

राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ छापिँदै
अ अ+ अ-

एजेन्सी । राजकीय उत्तरदायित्वबाट अलग भएका राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ आगामी पुस २६ गते बजारमा आउने भएको छ ।

पेन्गुइन र्यान्डम हाउसले छाप्ने स्पेयरमा ह्यारीको अटल इमानदारी, अन्तर्दृष्टि, आत्म–परीक्षण, असीमित शक्ति, विजय–पराजय, दुःख, प्रेमगायत विषय समेटिने छन् । प्रकाशनगृह पेन्गुइन र्यान्डम हाउसले एक वक्तव्य जारी गरेर पुस्तक प्रकाशनको जानकारी दिएको हो । सन् १९९७ मा आफ्नी आमा डायनको अकल्पनीय मृत्यु, आमा र भाइ विलियमसँगका सम्झना पुस्तकमा पढ्न पाइनेछ ।

उक्त प्रकाशनगृहले राजकुमार ह्यारीलाई एक पति, पिता, मानवीयकर्मी, सैन्य दिग्गज, मानसिक स्वास्थ्य अभियन्ता एवम् वातावरणविद्का रूपमा परिचय गराएको छ । चार सय १६ पृष्ठको उक्त पुस्तक डच एवम् पोर्चुगितलगायत १६ भाषामा छापिने छ । पुस्तक बिक्रीबाट प्राप्त हुने रकम बेलाइतका परोपकारी संस्थाहरूलाई दान गरिनेछ । लेखक ह्यारीले लेसोथो र बोत्सवानामा एचआईभी/एड्सबाट प्रभावित बालबालिका र युवाहरूलाई मद्दत गर्न लेसोथोका राजकुमार सेइसोसँग मिलेर स्थापना गरेको संस्था सेन्टेबालेलाई १५ लाख अमेरिकी डलर दिएका छन् ।

अमेरिकामा जन्मेकी श्रीमती मेघनसँग विवाह गरेकाससेक्सका ड्यूकले सन् २०२० मा आफ्नो शाही कर्तव्यबाट बिदा लिएर अमेरिका सरेका सरेका थिए । बेलाइतको राजपरिबारबाट आफूलाई आर्थिक सहयोग नभएको तथा आफ्नी आमाले छाडेको रकमबाट गुजारा गरिरहेको गत वर्ष एउटा रेडियो अन्तर्वार्तामा उनले बताएका थिए ।