७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.32

Wind: 2.57

Humidity: 60

Latest
आन्दोलन निरन्तर चल्छः अध्यक्ष लिङदेन आगामी बजेट : आयोजनाको पुनःप्राथमिकीकरण गरी खर्च गर्नसक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव आई. एम. ई. लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत २०२५ चितवनलाई हराउँदै पोखरा एनएसएलको क्वालिफायर टूमा प्रवेश बज्रयान महाविहारका दाताहरूलाई उपप्रधानमन्त्री सिंहद्वारा सम्मान हिउँ चितुवाको राष्ट्रिय सङ्ख्या अनुमान सार्वजनिक ‘कोटिहोम’का माध्यमबाट उजागर हुँदै पोखरास्थित प्राचिन हरिहर मन्दिर ‘प्लास्टिकजन्य फोहरको दिगो व्यवस्थापन अहिलेको प्रमुख चुनौती’ तनहुँ दुर्घटना अपडेट : मृतकको सनाखत सर्लाहीमा बालकसहित दुई जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ छापिँदै



अ+ अ-

एजेन्सी । राजकीय उत्तरदायित्वबाट अलग भएका राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ आगामी पुस २६ गते बजारमा आउने भएको छ ।

पेन्गुइन र्यान्डम हाउसले छाप्ने स्पेयरमा ह्यारीको अटल इमानदारी, अन्तर्दृष्टि, आत्म–परीक्षण, असीमित शक्ति, विजय–पराजय, दुःख, प्रेमगायत विषय समेटिने छन् । प्रकाशनगृह पेन्गुइन र्यान्डम हाउसले एक वक्तव्य जारी गरेर पुस्तक प्रकाशनको जानकारी दिएको हो । सन् १९९७ मा आफ्नी आमा डायनको अकल्पनीय मृत्यु, आमा र भाइ विलियमसँगका सम्झना पुस्तकमा पढ्न पाइनेछ ।

उक्त प्रकाशनगृहले राजकुमार ह्यारीलाई एक पति, पिता, मानवीयकर्मी, सैन्य दिग्गज, मानसिक स्वास्थ्य अभियन्ता एवम् वातावरणविद्का रूपमा परिचय गराएको छ । चार सय १६ पृष्ठको उक्त पुस्तक डच एवम् पोर्चुगितलगायत १६ भाषामा छापिने छ । पुस्तक बिक्रीबाट प्राप्त हुने रकम बेलाइतका परोपकारी संस्थाहरूलाई दान गरिनेछ । लेखक ह्यारीले लेसोथो र बोत्सवानामा एचआईभी/एड्सबाट प्रभावित बालबालिका र युवाहरूलाई मद्दत गर्न लेसोथोका राजकुमार सेइसोसँग मिलेर स्थापना गरेको संस्था सेन्टेबालेलाई १५ लाख अमेरिकी डलर दिएका छन् ।

अमेरिकामा जन्मेकी श्रीमती मेघनसँग विवाह गरेकाससेक्सका ड्यूकले सन् २०२० मा आफ्नो शाही कर्तव्यबाट बिदा लिएर अमेरिका सरेका सरेका थिए । बेलाइतको राजपरिबारबाट आफूलाई आर्थिक सहयोग नभएको तथा आफ्नी आमाले छाडेको रकमबाट गुजारा गरिरहेको गत वर्ष एउटा रेडियो अन्तर्वार्तामा उनले बताएका थिए ।