१९ आश्विन २०८१, शनिबार
,
Latest
‘सिन्धुपाल्चोकका विपद् प्रभावित अन्य पालिकालाई पनि सङ्कटग्रस्त सूचीमा समावेश गरौँ’ नेपाल पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते गर्ने निर्णय अध्यक्ष ढकाललाई पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मान एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीलाई ‘दसैँ आइसक्यो, न बस्ने, न त खानाको जोहो भएको छ’ भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो लिभरपुल विजयी गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो हुम्लाबाट नेपालगञ्ज जादैँ गरेको बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमाथि जिम्बावेको रोमाञ्चक जित



अ+ अ-

काठमाडौँ । ट्वान्टी-२० विश्वकप अन्तर्गत सुपर–१२ को ग्रुप–२ मा जिम्बावेले बिहीबार पाकिस्तानमाथि एक रनको रोमाञ्चक जित निकालेको छ ।

जितका लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा आठ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो । पाकिस्तानलाई जितका लागि अन्तिम ओभरमा ११ चाहिएको थियो ।

पाकिस्तानका लागि सन मसुदले सर्वाधिक ४४ रन बनाए । उनले ३८ बलको सामना गरेर तीन चौका प्रहार गरे । जिम्बावेका सिकन्दर राजाले २५ रन खर्चिएर तीन विकेट लिए । पाकिस्तानको यो लगातार हार हो भने पाकिस्तानले अंक जोड्न सकेको छैन । जिम्बावेको भने दुई खेलबाट तीन अंक भएको छ ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको जिम्बावेले ८ विकेटको क्षतिमा १ सय ३० रन बनाएको थियो । सिन विलियम्सले सर्वाधिक ३१ रन बनाए । उनले २८ बलको सामना गरे र तीन चौका प्रहार गरे । पाकिस्तानका लागि उनले २४ रन खर्चिएर ४ विकेट लिए । यस्तै साबद खानले २३ रन दिँदै ३ विकेट लिए ।

यस हारसँगै पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ । जिम्बावेले भने आफ्नो त्यही सम्भावनालाई कायम राखेको छ ।