२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमाथि जिम्बावेको रोमाञ्चक जित



अ+ अ-

काठमाडौँ । ट्वान्टी-२० विश्वकप अन्तर्गत सुपर–१२ को ग्रुप–२ मा जिम्बावेले बिहीबार पाकिस्तानमाथि एक रनको रोमाञ्चक जित निकालेको छ ।

जितका लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा आठ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो । पाकिस्तानलाई जितका लागि अन्तिम ओभरमा ११ चाहिएको थियो ।

पाकिस्तानका लागि सन मसुदले सर्वाधिक ४४ रन बनाए । उनले ३८ बलको सामना गरेर तीन चौका प्रहार गरे । जिम्बावेका सिकन्दर राजाले २५ रन खर्चिएर तीन विकेट लिए । पाकिस्तानको यो लगातार हार हो भने पाकिस्तानले अंक जोड्न सकेको छैन । जिम्बावेको भने दुई खेलबाट तीन अंक भएको छ ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको जिम्बावेले ८ विकेटको क्षतिमा १ सय ३० रन बनाएको थियो । सिन विलियम्सले सर्वाधिक ३१ रन बनाए । उनले २८ बलको सामना गरे र तीन चौका प्रहार गरे । पाकिस्तानका लागि उनले २४ रन खर्चिएर ४ विकेट लिए । यस्तै साबद खानले २३ रन दिँदै ३ विकेट लिए ।

यस हारसँगै पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कमजोर भएको छ । जिम्बावेले भने आफ्नो त्यही सम्भावनालाई कायम राखेको छ ।