२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ : बाबुराम भट्टराई



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्ने चेतावनी दिएका छन् । 

सामाजिक सञ्जालमा भट्टराईले पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्ने उनले चेतावनी दिएका हुन्। 

'कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ ! पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउन सक्छ।अतस् ढुक्क भएर आआफ्ना पार्टी वा गुटतिर नफर्कौँ !, सामाजिक सञ्जालमा भट्टराई लेखेका छन् ।'