१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

मुख्यमन्त्री–बेलायती राजदूत भेट

मुख्यमन्त्री–बेलायती राजदूत भेट
अ अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य ९बेलायत०का राजदूत निकोला पोलिटबीच सोमबार औपचारिक भेटवार्ता भएको छ ।

मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा गर्नुभयो । उहाँले दुई देशबीचको दौत्य सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै गण्डकी प्रदेशमा बेलायत सरकारबाट जलवायु परिवर्तन अनुकूलन, लघुउद्यम प्रवद्र्धन र आयआर्जन, स्वास्थ्य, पर्यटन, प्रदेश र स्थानीय तहको सुशासन र क्षमता विकासजस्ता महत्वपूर्ण क्षेत्रमा सहयोग प्राप्त भएको बताउनुभयो । 

नेपाल र बेलायतबीच सन् १८१६ मा दौत्य सम्बन्ध कायम भएको थियो । नेपाली युवा बेलायती सेनामा संलग्न भएर लामो समयदेखि काम गर्ने अवसर पाएको भन्दै मुख्यमन्त्री पोखरेलले उनीहरूको परिवार बेलायतमै बस्दै आएको चर्चा गर्नुभयो । जलवायु परिवर्तन अनुकूलन र विपद् व्यवस्थापन, पर्यटन पूर्वाधार विकास र आयआर्जन एवं ठूला पूर्वाधार निर्माणमा सहयोगजस्ता क्षेत्रमा बेलायतबाट प्रदेश सरकारले थप सहयोगको अपेक्षा गरेको बताउनुभयो । 

मुख्यमन्त्री पोखरेलले प्रदेशलाई आवश्यक कानुनहरूको तर्जुमा र कार्यान्वयन, योजनाबद्ध विकासका लागि प्रथम पञ्चवर्षीय योजना तर्जुमा, दिगो विकास लक्ष्य आधाररेखा प्रतिवेदन तयारी, मध्यमकालीन खर्च संरचना, आयोजना बैंकजस्ता रणनीतिक महत्वका दस्तावेजले प्रदेशको विकासका लागि सरकारको गन्तव्य सुनिश्चित गरेको जानकारी गराउनुभयो ।

बेलायती राजदूत निकोलाले जलवायु परिवर्तन अनुकूलन र पर्यटन प्रवद्र्धनका लागि बेलायत सरकारले सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पोखराको सुन्दरताबाट प्रभावित भएको भन्दै उहाँले सोमबार बिहान साइक्लिङबाट आनन्द लिएको अनुभव सुनाउनुभयो । नेपालसँगको पुरानो सम्बन्धलाई अझ प्रगाढ र प्रभावकारी बनाउन आफूहरू हरदम तयार रहेको बताउँदै उहाँले पोखरा र गण्डकी प्रदेशको स्वास्थ्यका क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगले निरन्तरता पाउने पनि उल्लेख गर्नुभयो । 

गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा रघुराज काफ्लेले समृद्ध प्रदेश स् सुखी नागरिक निर्माणका लागि हामीले प्रथम पञ्चवर्षीय योजनाका माध्यमबाट बहुआयामिक गरिबी सूचकाङ्क १४ दशमलव दुईबाट सात प्रतिशतमा झार्ने, औसत आर्थिक वृद्धिदर १० दशमलव दुई प्रतिशत पु¥याउने लक्ष्य राखेको जानकारी दिनुभयो । भेटवार्तामा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, प्रमुख सचिव रविलाल पन्थ, सचिवहरू रामप्रसाद आचार्य, मनमाया पङ्गेनीलगायतको उपस्थिति थियो ।