१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएइविरुद्ध खेल्दै नेपाल, हराएमा विश्वकपमा छनोट हुने



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट एको सेमिफाइनलमा नेपालले आज (मंगलबार) युएईसँग खेल्दैछ । ओमानस्थित अल अमेरात मैदानमा नेपाल र युएईबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्यसाथ ओमान पुगेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ । यस खेलबाट नै नेपालको विश्वकप यात्राको छिनोफानो हुने भएकाले यो खेल निकै महत्वपूर्ण रहेको छ । यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोलीले अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ । नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोट हुन सकेको छैन ।

छनोटको समूह ‘बी’ को नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको हो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोडेको थियो । यता, युएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अपराजित रहँदै सेमिफाइनल खेल्ने नेपाल एक्लो टोली रहेकाले नेपाल युएईविरुद्ध उच्च मनोवलका साथ मैदान उत्रदैछ । नेपालले ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

हेड टु हेड

नेपाल र युएईबीच चार टि- २० आई खेल भएको छ । नेपाल २ खेलमा विजयी हुँदा २ खेल युएईको पक्षमा गएको छ । २०१९ मा नेपालले युएईलाई उसकै घरेलु मैदानमा तीन टि२० आई सिरिज २–१ ले जितेको थियो भने यसै साता चार देश सम्मिलित टि-२० आई सिरिजमा नेपाल २५ रनले परजित हुन पुगेको थियो ।