२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक



अ+ अ-

काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठक बोलाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको हो । आइतवार सत्ता गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएसंगै मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।

प्रधानमन्त्री देउवाले शपथ लिएको एक महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । देउवाले असार २९ गते शपथ लिएका थिए ।

शपथ लिएकै दिन देउवाले कांग्रेसबाट २ जना, माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री बनाएका थिए ।

कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् ।

लामो समयसम्म मन्त्रिपरिषद्लाई पुर्णता दिन नसकेको भन्दै देउवाको चौतफिक विरोध भइरहेको छ ।