१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन

युएइविरुद्ध खेल्दै नेपाल, हराएमा विश्वकपमा छनोट हुने

युएइविरुद्ध खेल्दै नेपाल, हराएमा विश्वकपमा छनोट हुने
अ अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट एको सेमिफाइनलमा नेपालले आज (मंगलबार) युएईसँग खेल्दैछ । ओमानस्थित अल अमेरात मैदानमा नेपाल र युएईबीचको खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्यसाथ ओमान पुगेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ । यस खेलबाट नै नेपालको विश्वकप यात्राको छिनोफानो हुने भएकाले यो खेल निकै महत्वपूर्ण रहेको छ । यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोलीले अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ । नेपालले सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वान्टी विश्वकप खेलेको थियो । त्यसयता नेपाल छनोट हुन सकेको छैन ।

छनोटको समूह ‘बी’ को नेपाल समूह विजेता बनेर सेमिफाइनल पुगेको हो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोडेको थियो । यता, युएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अपराजित रहँदै सेमिफाइनल खेल्ने नेपाल एक्लो टोली रहेकाले नेपाल युएईविरुद्ध उच्च मनोवलका साथ मैदान उत्रदैछ । नेपालले ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

हेड टु हेड

नेपाल र युएईबीच चार टि- २० आई खेल भएको छ । नेपाल २ खेलमा विजयी हुँदा २ खेल युएईको पक्षमा गएको छ । २०१९ मा नेपालले युएईलाई उसकै घरेलु मैदानमा तीन टि२० आई सिरिज २–१ ले जितेको थियो भने यसै साता चार देश सम्मिलित टि-२० आई सिरिजमा नेपाल २५ रनले परजित हुन पुगेको थियो ।