• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

पौडेलले बोलाए आफूनिकट केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको बैठक



काठमाडौं । आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षको केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको बैठक बस्दैछ । दिउँसो ३ बजेपछि महामन्त्री डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बैठक बस्ने बताईएको छ । आजको बैठकमा महाधिवेशन सुनिश्चितताबारे छलफल केन्द्रित हुने बताईएको छ ।

बैठकमा भोलि बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने धारणाबारे पनि छलफल हुनेछ । निर्धारित मितिमा महाधिवेशन नहुने भएपछि पार्टीको वैधानिकता नै समाप्त हुने अवस्था रहेको भन्दै पौडेल चिन्तित छन् ।

उनले पछिल्लो बैठकमा भदौ २३ पछि आफू देउवालाई सभापति मान्न बाध्य नहुने चेतावनी समेत दिएका थिए । पौडेल पक्षले सभापति शेरबहादुर देउवा महाधिवेशन गर्न अनिच्छुक रहेको आरोप लगाउँदै आएको छ ।