११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलले बोलाए आफूनिकट केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको बैठक



अ+ अ-

काठमाडौं । आज नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षको केन्द्रीय पदाधिकारी एवं सदस्यहरूको बैठक बस्दैछ । दिउँसो ३ बजेपछि महामन्त्री डा. शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बैठक बस्ने बताईएको छ । आजको बैठकमा महाधिवेशन सुनिश्चितताबारे छलफल केन्द्रित हुने बताईएको छ ।

बैठकमा भोलि बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने धारणाबारे पनि छलफल हुनेछ । निर्धारित मितिमा महाधिवेशन नहुने भएपछि पार्टीको वैधानिकता नै समाप्त हुने अवस्था रहेको भन्दै पौडेल चिन्तित छन् ।

उनले पछिल्लो बैठकमा भदौ २३ पछि आफू देउवालाई सभापति मान्न बाध्य नहुने चेतावनी समेत दिएका थिए । पौडेल पक्षले सभापति शेरबहादुर देउवा महाधिवेशन गर्न अनिच्छुक रहेको आरोप लगाउँदै आएको छ ।