२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी च्याम्पियन्स लिगको नकआउट चरणमा



अ+ अ-

एजेन्सी । इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा अष्ट्रियन क्लब एफसी साल्जबर्गलाई उसकै मैदानमा २-१ गोलले पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको हो ।

चेल्सीको जितमा माटियो कोभाचिच र काइ हाभर्ट्जले एकएक गोल गरे । साल्जबर्गका लागि जुनिअर अडामुले एक गोल फर्काए ।

चेल्सीले खेलको २३ औं मिनेटमा कोभाचिचको गोलबाट सुरुवाती अग्रता लिएको थियो । ४८ औं मिनेटमा अडामुले गोल गर्दै खेल बराबरीमा ल्याए । तर, ६४ औं मिनेटमा हाभर्ट्जले पुलिसिचको पासलाई सदुपयोग गर्दै गोल गरे ।

समूह ई मा रहेको चेल्सीले ५ खेल खेल्दै १० अंक जोडेको छ । तेस्रो स्थानको साल्जबर्गको ६ अंक छ ।